arrow

बलिउड कलेक्सनको आधारमा 'बागी' तेस्रो ठुलो चलचित्र

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
bhaggi.jpg.jpeg
एजेन्सी । टाइगर श्राफ र श्रद्धा कपूरको चलचित्र 'बागी' लाई बक्स अपिसमा प्रतिश्पर्धा गर्ने कुनै अर्को ठूलो चलचित्र नहुनाले फाइदा भएको छ । साथै दर्शक यो जोडिलाई पनि रुचाएका छन् । चलचित्रले पहिलो साताको अन्त्य सम्ममा ३८.५८ करोड भारतिय रुपैँया कलेक्सन गरेको छ । 
 
ट्रेड विश्लेषक तरन आदर्शका अनुसार बागी रिलीज भएको पहिलो दिन शुक्रवार ११.९४ करोड़, शनिवार ११.१३ करोड र आइतवार १५.५१ करोड रुपैया कलेक्शन गरेको हो । यसरी चलचित्रले साताको अन्त्यमा भारत भित्र कुल ३८.५६ करोड रुपैँया कलेक्शन गरेको छ । अन्य मुलुकबाट चलचित्रले २५.१४ भारतिय रुपैँया कलेक्सन गरेको छ । चलचित्रको अहिले सम्म कुल कमाइ  ६३.७२ करोड भारतिय रुपैँया रहेको छ ।    
 
चलचित्रलाई  साबिर ख़ानले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले प्रोड्यूस गरेका हुन् । सन् २०१६ मा रिलिज भएको चलचित्र मध्ये शाहरुख ख़ानको  चलचित्र फ्यानले पहिलो दिनमा सर्वाधिक १९.२० करोड़ भारतिय रुपैँया कलेक्शन गरेको छ । यस पछि अक्षय कुमारको चलचित्र एयरलिफ्ट (१२.३५ करोड भारतिय रुपैँया) गर्‍यो । पहिलो दिन र सप्ताह अन्त्यको कलेक्शनको आधारमा बागी अहिले सम्मकै तेस्रो धेरै कलेक्शन गर्ने चलचित्र हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ