arrow

धान उत्पादनमा १० प्रतिशतको गिरावट, चामलको मुल्य बढ्न सक्ने

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
rice.jpg.jpeg
काठमाडौं। यो वर्षसमयमा पर्याप्त पानी नपर्दा धान उत्पादनमा व्यापक गिरावट आएको छ। सरकारले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रिय लेखा तथ्याङ्क’ले धान उत्पादनमा १० प्रतिशतको गिरावट आएको जनाएको छ। यसले गर्दा आपूर्ति कम भई चामलको मुल्य समेत बढ्ने सम्भावना रहेको छ। विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले धानसँगै मकै बाहेकका अधिकांश मुख्य बालीहरूको उत्पादनमा गिरावट आएको छ। चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ३१.१९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान पनि विभागको छ।
 
यसरी कूल गार्हस्थ उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कृषि क्षे आफैं को वार्षिक वृद्धिदर भने घटेर १.१४ प्रतिशतमा सिमित हुने अनुमान समेत गरिएको विभागको तथ्याङ्कले देखाएको छ। सरकारको चालू आर्थिक वर्षको चौथो महिनादेखि ९ महिनासम्मको आर्थिक अवस्थाको विषयमा गरिएको विश्लेषनणले यस्तो देखाएको हो। 
 
विभागका अनुसार चालू आर्थिक वर्षको कूल गार्हस्थ उत्पादन पनि ०.७७ प्रतिशतमा खुम्चनसक्ने अवस्था रहेको छ। सरकारले प्रमुख बालीको रूपमा घोषणा गरको धान, गहुँ, कोदो आदिको उत्पादनमा आएको ह्रासका कारण यस क्षेत्रको कुल मूल्य अभिबृद्धिदर घटेको अनुमान गरिएको हो। यसको सबैभन्दा मुख्य कारण बढ्दो खडेरीले गर्दा प्रमुख बालीहरू उत्पादन हुन नसक्नु रहेको विभागले जनाएको छ।
 
यसरी उत्पादन कम हुने बालीमा धान गहुँ र कोदो रहेको छ। जसमध्ये सबैभन्दा कमजोर उत्पादन धानमा भएको छ। जसको उत्पादन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले गिरावट आएको छ। कृषि विकास मन्त्रालयको २०७३ सालको एक प्रतिवेदन अनुसार  यो वर्ष गहुँमा पाँच प्रतिशत, कोदोमा दुई प्रतिशत र भैंसीको दूधमा एक प्रतिशतले उत्पादनमा गिरावट आएको छ। मकै आलु र तरकारीजन्य पदार्थमा भने अघिल्लो वर्षको तुलनामा बृद्धि भएको विभागले जनाएको छ। मन्त्रालयको तथ्याङ्कले पनि मकैमा चार प्रतिशत, आलुमा साढे चार प्रतिशत र सरकारीमा ५ प्रतिशतले उत्पादनमा बृद्धि भएको पनि देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ