arrow

चालु वर्षको जीडीपी बृद्धिदर ०.७७ प्रतिशतमा सीमित हुने

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
cbs-gdp-data.jpg.jpeg
काठमाडौं। भूकम्प र नाकाबन्दीका कारण उद्योग धन्दाको उत्पादनमा बृद्धि हुन नसक्दा यो वर्षको कूल गार्हस्थ उत्पादनको बृद्धिदर ०.७७ प्रतिशतमा सीमित हुने सरकारले अनुमान गरेको छ।
 
चालु आर्थिक वर्ष २०७२-७३ को ४ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा केन्द्रीय तथ्याङ्क विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले सो विवरण सार्वजनिक गरेको हो। विभागका अनुसार कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर आधारभूत मूल्यमा ०.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।
 
सोही बृद्धिदर गत आर्थिक वर्ष २०७१-७२ मा २.३२ प्रतिशत हुने संशोधित अनुमान थियो भने आर्थिक वर्ष २०७०-७१ मा ५.७२ प्रतिशत हुने अन्तिम अनुमान थियो।
 
विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीका अनुसार यो वर्ष उद्योग क्षेत्रले धेरै नोक्सानी बेहोरेको देखिएको छ। गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि सुरूभएको मधेश आन्दोलन, त्यसपछिको भारतीय नाकाबन्दी आदि कारणले उद्योग क्षेत्र अधिकांश बन्द हुन पुगेकोले यो वर्ष उद्योग क्षेत्रको जीडीपी १० प्रतिशत ऋणात्मक बन्न सक्ने अनुमान गरिएको छ। त्यसैगरी, खानी उत्खनन्को कूल गार्हस्थ उत्पादनमा ६ प्रतिशतको ऋणात्मक बृद्धि हुने आँकलन पनि विभधागले गरेको छ। त्यसपछि क्रमशः होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ४.८५ र निर्माण क्षेत्रमा ३.९८ प्रतिशतको ऋणात्मक बृद्धिदर हुने आकलन पनि गरिएको छ। 
 
त्यस्तै गरी, मत्स्य क्षेत्र, स्वास्थ् तथा सामाजिक सेवा र शिक्षा क्षेत्रमा भने सबैभन्दा बढी बृद्धि हुने आँकलन गरिएको छ। जसमा मत्य क्षेत्रमा ११.७६ प्रतिशत, स्वस्थ्य तथा सामाजिक सेवामा ८.८५ प्रतिशत र शिक्षा क्षेत्रमा ६.६९ प्रतिशतको बृदि हुने आँकलन गरिएको निर्देशक भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ