arrow

आइसिटी डेको अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार बितरण

भृकुटीमण्डवमा प्रभातफेरी, जिल्ला जिल्लामा कार्यक्रम

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
ict-day.jpg.jpeg

काठमाडौ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर प्रविधि सम्मान तथा पुरस्कार बितरण तथा जिल्ला जिल्लामा बिभिन्न कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा बेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१६ बाट राष्ट्रिय वाणिज्य बैंकलाई प्रदान गरिएको छ । त्यस्तै गरी बेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१६ प्रोफेस्नल कम्प्युटर सिष्टम प्रालिलाई एक बिशेष कार्यक्रम गरी बितरण गरिएको छ । नेपालमा सूचना तथा प्रविधिको विकास र विस्तारमा उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दे अर्वाड बितरण गरेको आयोजक क्यान महासंघले जनाएको छ ।

राजधानीमा आयोजित सो बेस्ट प्राक्टिस कार्यशाला तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले अहिलेको युग प्रविधिको युग भएकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने र दुरुपयोग हुनबाट जोगिन सवै सजक हुनुपर्ने बताए । सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको भन्दै उपराष्टपति पुनले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरुबीचको दुरी घटाउनुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा विज्ञान प्रविधि मन्त्री शिवलाल थापाले विज्ञान तथा प्रविधि मन्त्रालयको स्थानीय निकाय ग्रमिण क्षेत्रसम्म पुग्नुपर्नेमा सिंह दरवारमा सिमित भएको भन्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले प्रविधि क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा सम्वोधन गर्नुहुँदै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्ट्रियताको मान्यता दिनुपर्ने वताए । सवैभन्दा प्राथमिकतामा राख्नु पर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेकोले  सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने अध्यक्ष ढकालले बताए ।

समापन कार्यक्रममा बोल्नु हुँदै क्यान महासंघका महासचिव विश्वराम बलामीले प्रविधिको विकासका लागि सवैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालज्यू, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रज्यू, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठज्यू, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लज्यू, क्यान महासंघका पूर्व अध्यक्ष लोचन लाल अमात्यले समेत सम्बोधन गर्दे सूचना प्रबिधि क्षेत्रको बिकासले गति नलिदा देशको बिकासमा समेत असर परेको बताए ।

कार्यक्रममा भायनेट कम्यूनिकेशनका मेनेजिङ डाइरेक्टर विनय बोहराले नेपालमा ईन्टरनेटको विगत, वर्तमान र भविष्यका वारेमा बताए ।

प्रभातफेरी सम्पन्न

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने  उद्धेश्य अनुरुप सूचना तथा संचार प्रविधि दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको बताइएको छ । यसै क्रममा विहान राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न  गरियो ।

सूचना प्रविधि विभाग, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन भएको थियो । कार्यक्रममा सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसग सम्वन्धी व्यक्तिहरु सहभागि भएका थिए ।

त्यसै गरी सिन्धुपलान्चोक, कैलाली, झापा, सर्लाही, मकवानपूर लगायतका जिल्लाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

 साइवर अपराधलाई रोक्न सधाउन नेपाल सिइआरटीको स्थापना

सूचना प्रविधि क्षेत्रको विकाससँगै सोसियल मिडियाको चरम दुरुपयोग रोक्न तथा साइवर क्राइमलाई घटाउन सघाउने उदेश्यले नेपाल सिइआरटीको स्थापना गरिएको छ ।  

क्यान महासंघले नेपाल सिइआरटी टिमको स्थापना स्थापना गरेको छ । यो टिममा आइटी क्षेत्रका विभिन्न विषयविज्ञहरुको संलग्न हुनुका साथै समस्या समाधानका लागि आवश्यक आधारभूत पूर्वाधारहरु समेत व्यवस्था गरिएको बताइएको छ ।

कुनै व्यक्ति तथा संघ संस्थामा साइवर सेक्यूरिटी लगायतका समस्या आए नेपाल सिइआरटी टिमलाई खवर गरे चाडो भन्दा चाडो समस्या समाधानको पहल गर्ने जानकारी दिए । यो सेवा क्यान महासंघ जिल्ला शाखाहरुबाट समेत उपलब्ध हुनेछ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ