arrow

नियमावलीमा सहमति जुटेन, संसदीय सुनुवाई समितिको झगडा उस्तै

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
sansad-@@@.jpg.jpeg
काठमाडौँ  । प्रमुख राजनीतिक दलहरुले संसदीय नियमावली निर्माणमा देखिएको विवाद तत्काल समाधान गर्ने र सहमाथि समति जुटाउने प्रतिबद्धता जनाएका छन् । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आइतबार भएको प्रमुख तीन राजनीतिक दलको बैठकमा विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्ने प्रतिबद्धता आएको हो ।  
 
सो अवसरमा सभामुख घर्तीले आफूले प्रमुख तीन दलका शीर्ष नेतालाई विवादित संसदीय नियमावलीमा सहमति जुटाउन आग्रह गरेको र उहाँहरुले आज साँझसम्म सहमति जुटाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराइन् ।  सभामुख घर्तीले भनिन्, ‘‘मैले नियमावलीमा तत्काल सहमति जुटाउनुस् भनेर आग्रह गरैँ शीर्ष नेताहरुले कुनै न कुनै रुपमा निकास दिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ, अपेक्षा गरौँ, नियमावलीमा सहमति हुन्छ ।’
 
बैठकमा विशेष गरी सार्वजनिक सुनुवाइ समितिको सदस्य सङ्ख्या कति राख्ने भन्नेमा कुनै सहमति हुन सकेन । नेपाली काँग्रेसले सुनुवाइ समितिमा ७३ सदस्यीय नै हुनुपर्ने बताउँदै आएको छ भने एमाले, एकीकृत माओवादी लगायतले नयाँ संविधानको भावनानुसार नै १५ सदस्यीय बनाउनुपर्ने धारणा राख्दैआएका छन् । 
 
दलहरुबीच सहमति हुन नसक्दा नियमावली निर्माण प्रक्रिया सात महिनादेखि अवरुद्ध हुँदै आएको छ । बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले छलफल जारी रहेका कारण छिट्टै सहमति हुने विश्वास गरे । दाहालले भने, ‘नेपाली काँग्रेसका नेताहरुले संसदीय दलको कार्यसमितिको बैठक बसेर सहमतिको आधार तयार पार्ने विश्वास हामीलाई दिलाउनुभएको छ, आशा गरौँ, चाँडै सहमति जुट्छ ।’
 
बैठकमा सभामुखले नियमावलीको विषयमा सहमति हुन नसक्दा संसद्को कार्यसञ्चालन तथा विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि समस्या पैदा भएकाले तत्काल सहमति गरिदिन आग्रह गरिन् ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, एमाओवादी अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको सहभागि थिए । नियमावली मस्यौदा समितिको बैठक सोमबार बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ