arrow

बिपाशालाई विदाई गर्न पूर्व प्रेमी डीनो मोरियालाई हतारो

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
karan-bipasha1_1462037617.jpg.jpeg
एजेन्सी ।  बलिउड अभिनेत्री विपासा वसु शनिबार विवाह बन्धनमा बाँधिएकी छन्। नायिका विपाशा बसु र  नायक करण सिंह ग्रोवरले मुम्बईमा बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । 
 
मुम्बईको एक पाँच तारे होटलमा सम्पन्न विवाहमा  विवाहमा उनको पूर्वप्रेमी डीनो मोरिया सबै भन्दा पहिला पुगेका थिए । बलिउडबाट अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय, शिल्पा शेट्टी, उनकी बहिनी समिता शेट्टी लगायतको उपस्थिति रहेको थियो।
 
विपशा र करणले आफ्नो प्रेमलाई लामो समयदेखि लुकाएका थिए । बलिउडमा बिपाशाको नाम मिलिन्द सोमण, हरमन बावेजा, जोन अब्राहम र डीनो मोरियासँग जोडिएको थियो ।
 
विपशाको नायक जोन अब्राहिमसँगको प्रेम सबैभन्दा चर्चित थियो ।विपशाले २ पत्नीलाई छाडिसकेका करणलाई जीवनसाथी बनाएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ