arrow

सेल्फी लिदै गरेका फ्यानलाई बडीगार्डले दिए मुक्का, अक्षयले मागे माफि (भिडियो सहित)

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
untitled1.JPG.jpeg
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफ्नो फ्यानलाई बिशेष ध्यान दिन्छन् । तर सामाजिक सञ्जालमा आएको एक भिडियो भाइरल भएपछि भने उनले आफ्ना फ्यानसँग माफि माग्नु परेको छ ।सो भिडियोमा अक्षयको बडीगार्डले एक युवकको अनुहारमा मुक्‍का बर्साएको देखिन्छ । जो युवक अक्षयका एक फ्यान सेल्फी लिन तल्लीन थिए । 
 
अक्षयसँग सेल्फी लिन ती युवक अक्षयसँगै जोडिन पुगेका थिए । तर उनले सेल्फी लिनु पहिले नै अक्षयका बडीगार्डले ती युवकमाथि मुक्का बर्साए । यस पूरै घटनामा अक्षयको कुनै भुमिका नभए पनि अक्षयले घटना प्रति दुख व्यक्त गर्दै  माफि मागेका छन् । उनले भने,' मलाई यस घटना थाहा भएन तर एक आवाज भने आएको थियो । मेरा लागि फ्यानहरु बिशेष छन् । घटना प्रति माफि माग्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ