arrow

स्वास्थ्य कार्यालयले गर्यो जेष्ठ नागरिकलाई सम्मान

logo
जितेन्द्र भण्डारी ,
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर।पाँचथरको इम्बुङमा आज आयोजित एक कार्य्रमका वीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा इम्बुङ स्वास्थ्य चौकीमा ७५ वर्ष माथिका १७ जना महिला र १३ जना पुरुष जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको यस कार्यक्रमका फोकल पर्सन हरि गुरागाईले जानकारी दिए ।
 
गुरागाईका अनुसार ती जेष्ठ नागरिकहरुलाई कमिज सुरुवाल,साडी चोल्हो र बाटो खर्च वापत २ सय रुपैया दिएर सम्मान गरिएको हो । उनीहरुलाई सचेतना मूलक सन्देश समेत दिइएको थियो ।कार्यक्रम जिल्ला स्वास्थय कार्यालय पाँचथरका डाक्टर पवन कुमार शाह र इम्बुङ स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष देश कुमार नेम्बाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ