arrow

३ करोडमा २२ विद्यालय निर्माण हुँदै; ललितपुरबाट हस्तान्तरण शुरु

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
shanti-school.jpg.jpeg
काठमाडौं। शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला माल्टा गाविसको बगुवामा अवस्थित ज्ञानज्योती प्राथमिक विद्यालय पुनर्निर्माण गरि हस्तान्तरण गरेको छ। एक वर्ष अगाडी भुकम्प गएको दिन पारी मिति २०७३ बैशाख १२ गते ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणाको प्रमुख आतिथ्यमा नवनिर्मित भवन हस्तान्तरण गर्नुका साथै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालय भवननिर्माण मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ। 
 
गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनिय अवस्थालार्ई मध्यनजर गर्दै यस संस्थाले विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १० वटा गरि कुल रु २ करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गर्ने अभियान शुरु गरेको छ। 
 
कार्यक्रममा सांसद राणाले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरि विद्यालयका बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरे। 
 
विद्यालयका प्रधानाध्यापिका चिनीमाया लामाले भुकम्पले विद्यालय क्षतिग्रस्त बनाएको अवस्थामा विद्यार्थीहरुलाई कहाँ र कसरी अध्यापन गराउने अन्योल भएको, विभिन्न संघसंस्थाहरुबाट अस्थायी कक्षा कोठाको सहयोग भएतापनि दिर्घकालिन समाधान नभएको जानकारी गराउनुका साथै शान्ति शिक्षा अभियान नेपालले पक्की भवन निर्माण गरि सहयोग गर्नु भएकोमा आफु र विद्यालय परिवार अत्यन्त हर्षित भएको र यसका लागि संस्थलाई धन्यवाद ज्ञापन गरिन। 
 
आईतबार ललितपुर जिल्ला माल्टा गाविको ज्ञानज्योती प्राथमिक विद्यालय को प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणका लागि लागेको कुल लागत रकम १३,२२,९८० खर्च भएको बारे विस्तृत रुपमा समुदायलाई जानकारी गराइन। 
 
यसैगरि शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रवीन्द्र महर्जनले भुकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीहरुलाई खुल्ला आकाश मुनी पठनपाठन कार्य गर्न बाध्य विद्यालय तथा विद्यार्थीहरुलाई भवन निर्माण  अत्यन्तै कठिन हुने गरेकोमा उत्त भवन विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३ अन्तर्गत पुनर्निर्माण गरि पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। आगामी दिनहरुमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिका कार्यक्रमहरु मर्फत संस्थाको सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ