arrow

भूकम्पपीडितलाई एक्सनएडको ४३ करोडको सहयोग

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
aid-new.jpg.jpeg
काठमाडौं । एक्सनएड नेपालले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म कूल ४३ करोड १५ लाख बढीको सहायता उपलब्ध गराइसकेको जनाएको छ । सन् १९८२ देखि गरिबी निवारण, मानव अधिकार स्थापना तथा सामुदायिक विकासको क्षेत्रमा नेपालमा क्रियाशिल रहेको संस्थाले समुदायको समग्र सवलीकरणको अभ्यासलाई विभिन्न स्थानीय साझेदार संस्था, नागरिक सञ्जाल र गरिब तथा सिमान्तकृत समुदायका व्यक्ति, समूहसँग सहकार्य गरी विभिन्न कार्य सम्पादन गर्दै आएको  छ । 
 
संस्थाले भूकम्पले सृजना गरेको मानवीय संकट र त्यसबाट पीडितले भोग्नु परेको खाद्य, सुरक्षा, बास, शिक्षा, स्वास्थ्य लगायतका कठीनाइहरु तथा मानव अधिकारको अवस्थालाई मध्यनजर गर्दै भूकम्प गएको २४ घन्टा भित्रै प्रतिकार्यको काम शुरु गरेको पनि ठोकुवा गरेको छ ।
 
यसरी गरेको सहयोगमध्ये भूकम्पबाट अति पीडित ७ वटा जिल्लाहरु सिन्धुपाल्चोक, रसुवा, दोलखा, काभ्रे, काठमाडौं, ललितपुुर र मकवानपुरका २६ हजार ६ सय ९७ घरधुरी भूकम्प पीडितहरुलाई तत्काल आधारभूत राहत सामाग्री वितरण गर्नेदेखि पूनःस्थापनाका लागि सहयोग गर्नेसम्मको काममा संस्था सक्रिय रहयो । 
 
पूनःस्थापना तथा पूनःनिमार्ण कार्यहरु अहिले पनि जारी रहेको भन्दै संस्थाले सबै जिम्मेवारी पूरा गर्दा मानव अधिकारमुखी पद्धतिका मापदण्ड अवलम्बन गर्नुका साथै अति जोखिममा परेका विशेषतः महिला, बालबालिका, बृद्धबृद्धा, दलित, आदिवासी जनजाती तथा अपांगता भएका व्यक्ति, समुदायलाई प्राथमिकता दिएको पनि जानकारी गराइएको छ । 
 
हालसम्म संस्थाले बेलायत, अस्टे«लिया तथा अन्य यूरोपेली राष्ट्रका जन समुदाय, परोपकारी संस्था तथा केही मात्रामा त्यहाँका सरकारी सहयोग समेत प्राप्त गरी भूकम्प पीडित क्षेत्रका एक लाख ३३ हजार चार सय ८५ जनालाई राहत सामग्री प्रदान गरीसकेको जनाएको छ ।
 
खाद्य सामाग्री, आकास्मिक आवास, अस्थाई आवास, महिला सुरक्षित स्थान, गैर खाद्य सामाग्रीहरु (महिलाको लागि विशेष सामाग्री र न्यानो लत्ताकपडा), अस्थाई सिकाई केन्द्र, शिक्षा सामाग्री, तत्काल पुनःलाभ लगायतका शीर्षकमा सहयोग वितरण गरेको संस्थाले जानकारी गराएको छ ।   संस्थाले यी सबै कार्यहरु गर्दा निर्णय प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्दै स्थानीय समितीसँग समन्वय गरी राहत सामाग्री वितरण गर्ने कार्यहरु गरेको संस्थाको जिकिर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ