arrow

गर्भवती महिलाको पेटमा देखिए यशु, अल्ट्रासाउण्ड गर्ने डाक्टर भए हैरान

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
jesus-in-ultrasound-1_146.jpg.jpeg
एजेन्सी। पश्चिमी देशहरुमा धेरै पटक चर्चा हुने गर्छ,-पश्चिमाहरुले यशुको  दर्शन  गरेका छन्। कहिले कसैले यशुलाई बादलको आकृतिमा देखे भनेका छन् त कहिले खाने भाडोमा ।पछिल्लो समय चिकित्सक यस्तै एउटा विषयलाई लिएर हैरान भएका छन्। जब एक गर्भवती महिलाको अल्ट्रासाउन्ड  रिपोर्टमा  क्रसमा झुन्डाइएको यशुसँग मिल्ने आकृति देखे अनि चिकित्सक हैरान भए। 
 
अमेरिकाको इन्डियाना शहरमा बस्ने गर्भवती महिला ऐले मेयरको अल्ट्रासाउन्ड रिपोर्टको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। ऐले जून महिनामा डेलीभरी हुनेछिन्। सामान्य रुपमा गरिएको अल्ट्रासाउन्डमा पहिला ऐलेले खासै  ध्यान दिएकि थिइनन्। तर उनलाई एक साथिले अल्ट्रासाउन्डमा यशु रहेको बताए पछि भने माहोल फरक बन्यो। ऐलेले सो रिपोर्ट चिकित्सकलाई पनि देखाइन्। जुन देखेर चिकित्सकहरु पनि हैरान भए।
यस्तो देखिन्छ कि एलेको  पेटमा जीसस हुर्कदै छन्। तस्वीरमा ‘जिजस’ प्रचलित क्रसमा रहेका छन्। ऐलेले सो तस्वीरलाई फेसबुकमा अपलोड गरेकी छन्। उनका अनुसार सो तस्वीरलाई जुम गरेमा यशुको खुट्टा र कपाल पनि देख्न सकिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ