arrow

रोहितलाई विपत व्यवस्थापन पत्रकारिता सम्मान

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
rohit-bhandari.jpg.jpeg
काठमाडौं। एसिया प्यासिफिक पिस एण्ड डेभलपमेन्ट सर्भिस एलाइन्सले पत्रकार रोहित भण्डारीलाई विपत व्यवस्थापन पत्रकारिता सम्मानबाट सम्मानित गरेको छ। २०७२ को विनासकारी भुकम्पका क्रममा टेलिभिजन पत्रकारिताका माध्यमबाट विपत व्यवस्थापनमा पुर्‍याएको योगदान स्वरुप भण्डारीलाई सम्मान गरिएको हो। विनाशकारी भुकम्पकै दिन पारेर वैशाख १२ गते ललितपुरमा आयोजित विशेष कार्यक्रमका बीच पत्रकार भण्डारीलाई एलाइन्स सहित युवा तथा खेलकुद मन्त्रालय, ग्लोबल पिस फाउन्डेसन लगायतले सम्मान गरेका हुन् । 
 
कार्यक्रममा भण्डारीसहित अन्य दुई सञ्चारकर्मीलाई पनि सम्मानित गरिएको थियो। सम्मानित हुनेमा नागरिक दैनिकका दुर्गा दुलाल र राजधानी दैनिकका सविन शर्मा छन्। दुलाललाई पत्रकारिताका माध्यमबाट कानुन अधिकार र शान्तिका लागि गरेको योगदान र शर्मालाई वातावरण क्षेत्रमा गरेको योगादन स्वरुप सम्मान गरिएको हो।
विपतका बेला पत्रकारको भूमिका अझ महत्वपूर्ण हुने भन्दै कार्यक्रमका वक्ताहरुले संयमित पत्रकारितामा ध्यान दिन पत्रकारहरुसँग आग्रह गरेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ