arrow

जडियालाई दण्ड गरिएको रकम भवन र्निमाणमा

logo
शैलेन्द्र रोकाया
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
bajhang.jpg.jpeg
बझाङ। मदिरा सेबन गरि गाँउमा कलह झगडा र हो हल्ला गर्ने जडियाहरु बाट दण्ड सजाय बाफत जिल्लाको दुर्गम दौलिचौर गाबिसमा १६ लाख चालिस हजार पाँच सय संकलन भएको छ । मदिरा सेबनका कारण सुर्मा दौलिचौर क्षेत्रमा सामाजिक  सदभाब बिग्रेर हत्या हिसां र कुटपिटका घटना बढदै गए पछि २०६८ सालमा दौलिचौरका स्थानिय बासीहरुले मदिरा निषेधित गाविस घोषणा  गरेको थिए  । 
 
जडियाहरु र  मदिरा बिक्री गर्ने ब्यक्तीहरु बाट दण्ड गरि संकलन भएको उक्त रकम  स्थानिय दौलिचौर माबिमा दुई कोठे पक्की भवन र्निमाण गरेको छ । साथै सरस्वती मन्दिर ,चौतारा निर्माण र स्वास्थ्य चौकीमा सोलर जडान समेत जडियाहरुकै  रकम वाट गरिएको छ  । मदिरा सेबनका कारण दौलीचौरमा केहि वर्ष अगाडी दुई जनाको हत्या भएको र गाँउ गाँउ बिच कलह झगडाहुदै आएको थियो ।  पाँच बर्ष अगाडीदेखी  मदिरा निषेधित क्षेत्र घोषण गर्दै आएको वताउने मदिरा नियन्त्रण समितीका अध्यक्ष गोरख बहादुर बोहराले भने '  समितीको नियम पालना नगर्ने जडियाहरु र रक्सी विक्री गर्ने व्यक्तिवाट हाल सम्म १६ लाख ४०  हजार ५ सय उठाएका छौ ।'  
 
     समितीले  मदिरा सेबन गरि हो हल्ला गर्ने ब्यक्ती लाई १० हजार जरिवाना र मदिरा बिक्री बितरण गर्ने ब्यक्ती लाई २० हजार जरिवाना तोकेको छ । यसका साथै समितीले क्यारेम बार्ड खेल्ने लाई १० हजार र घुच्ची खेल्ने लाई १५ सय समेत जरिवाना राखेको छ । दण्ड जरिवाना गरेको उक्त रकम भने सवै मदिरा सेवन गर्ने र विक्री गर्ने वाट संकलन भएको हो ।  जिल्लाको बढी हिसां हुने क्षेत्रका रुपमा चिनिने दौलचौर गाबिसमा मदिरा निषेध भए पछि शान्ति सुरक्षाको स्थितीमा सुधार आएको छ । दुई चार वर्ष अगाडी यहाँको सुरक्षार्थ प्रहरी निरिक्षक सहित ४५ जना सुरक्षा कर्मी बस्दै आएका थिए गाविस सचिब कृष्णराज जोशीले भने अहिले अवस्था ठिक छ । 
 
 दौलिचौर माबि दौलिचौरका प्रधानाध्यापक गजेन्द्र बहादुर खड्काले यस क्षेत्रका मानिसहरु यार्सा गुम्बा टिप्ने हुदा अधिंकाशं संग पैसा हुने भएकाले मदिरा सेबन उच्च रहेको वताउए । उनले भने मदिरा नियन्तण समिती बनाए पछि समाजमा सुख शान्ति भएको छ ।  बझाङ जिल्लामा उच्च मदिरा सेवनका कारण वर्षेनी लडेर मर्ने ,हत्या हिसां लुटपाट चोरीका घटनाहरु र महिला हिसां समेत हुने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । उनले भने 'दौलिचौर लगायत केही ठाँउहरुमा जडियाहरु तह लगाएका छन् ।'  दौलीचौरमा मदिरा नियन्तण समितीले चालेको कदम प्रभाबकारी भएको सबै क्षेत्रमा प्रसंसा हुन थालेपछि छिमेकी गाबिस शुर्मा लगायतका एक दर्जन भन्दा बढी गाबिसमा अहिले मदिरा निषेध गाविस घोषणाका अभियान संचालन हुन थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ