arrow

झापाली समाजद्धारा कराँते खेलाडी सम्मानित

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
karate.jpg.jpeg
सिडनी। अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा सहभागी दुइ नेपाली खेलाडीलाई झापाली समाजले नगद सहित सम्मान गरेको छ। 
 
आफ्नै खर्चमा सहभागि हुन आएका कातातर्फका राष्ट्रिय खेलाडी परसुराम बास्तोला र कुमितेतर्फका मुकुन्द महर्जनलाई समाजले जनही २५ हजार सहित सम्मान गरेको हो। प्रतियोगितामा परसुराम क्वार्टरफाइनलमा पराजित भएका थिए भने मुकुन्द तेस्रो पदकको भिडन्तमा अस्ट्रेलियन खेलाडीसँग हार्न पुगेका थिए। प्रारम्भमा दुइ दुइ बाउट जितेका नेपाली खेलाडीहरुले यहाँको बिश्वस्तरिय खेलाडीसंग राम्रो प्रतिस्पर्धा गरेका थिए। 
 
खेलाडी मुलुकका सदावना राजदुत हुन उनिहरुलाई सम्मान गर्न पाउनु हाम्रो अहोभाग्य हो, झापाली समाजका संरक्षक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले बताए। उनले मुलुकको झन्डा बोकेर प्रतिस्पर्धा गर्न आउने खेलाडीलाई स्वागत गर्न पाउदा निकै खुसी लागेको बताए। हार जित खेलको नियम हो, तर अस्ट्रेलियामा आएर आफ्नै खर्चमा खेल्न आउनु नेपालको लागि ठुलो कुरा हो, उनले बताए। उच्च अध्यनमा आएका उसुका अन्तराष्ट्रीय खेलाडी राजु महर्जन नेपाली टोलीका प्रशिक्षक बनेका थिए।  
 
नेपाल दक्षिण एशियाको मार्शल आर्टको शक्ती थियो तर अहिले बिस्तारै हाम्रो स्तर खस्कीन लागेको छ। यस्तो बेला नेपाली खेलाडीले अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्न पाउनु गौरबको बिषय भएको झापाली समाजका अध्यक्ष दिपक खनालले बताए। कुनै जमानामा तेक्वान्दो खेलेको स्मरण गर्दै खनालले भने, आत्मरक्षाको लागि खेलिने यो खेल गोर्खालीहरुको शान बन्नुपर्छ। 
 
कार्यक्रममा झापाली समाजका उपाध्यक्ष दिपक चुंडाल, सचिब रुपराज मैनाली, कोषाध्यक्ष अजय राजवंशी र भिष्म ओलीलगायतले खेलाडीलाई शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा अस्ट्रेलियामा नेपाली समाजले देखाएको मायाले आफुहरुलाई थप उत्साही बनाएको  सहभागि खेलाडीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ