arrow

अमेरिकी क्यानोनिङ टोलीको नुवाकोटको हिलेगाउँमा श्रम र सहयोग

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1085083777.jpeg
काठमाडौँ। अमेरिकन क्यानोनियरीङ एकेडेमीका वरिष्ठ प्रशिक्षक रीच कार्लसनको नेतृत्वमा आएको एकेडेमीको टोलीका सदस्यले नुवाकोट जिल्लाको ककनी गाउँ विकास समिति हिलेगाउँमा भूकम्पपीडित परिवारका लागि अस्थायी घर निर्माण गरेका छन् । 
 
एरिजोना, युटाहसहित अमेरीकाका विभिन्न ठाउँका साहसिक खेल क्यानोनिङ गर्न रुचाउने दश जनाले बाँस, टीन र काठका नौवटा अस्थायी घर निर्माणमा स्वेच्छिक श्रमदान गरेका थिए । उनीहरुले केही रकम, लुगा र उपयोगी सामग्री गाउँलेलाई प्रदान गरे । 
 
फ्रेन्ड्स एडभेन्चर टीम प्रालिका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर लामा, हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य, सुखवती फाउण्डेशनका उपाध्यक्ष चीजमान गुरुङ्ग र शैलेन्द्र कार्कीले विदेशी साथीको सहयोगमा ककनी गाउँक्षेत्रमा सयभन्दा बढी अस्थायी घर निर्माणमा सहयोग जुटाउने क्रममा एकेडेमीका सदस्य हिलेमा पुगेका हुन् । 
 
एरीजोना युटाहका किम र मार्क फास्टर दम्पतीले भूकम्पपीडितलाई दुर्गम गाउँमै पुगेर मानिसलाई अति आवश्यक पर्ने घर बनाउन स्वेच्छिक श्रमदान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । 
 
सन् २००८ देखि नेपालमा क्यानोनिङ खेलको प्रशिक्षण दिदै आएका रीच कार्लसनले सोही क्षेत्रमा एक विद्यालय पुनःनिर्माणमा श्रम गर्ने चाहना भएपनि तिहारको कारण रोकिएकोले आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयो । 
 
उहाँले भूकम्पपीडितलाई विभिन्नसमयमा चार हजार डलर नगद सहयोग पठाएको बताउनुभयो । 
 
हाल दोहाको कतारमा रहनुभएकी अमेरिकाकी शेरी केन्लीले आफ्ना धेरै नेपाली साथी भएकाले नेपालीलाई सकेको सहयोग गर्ने इच्छाअनुरुप स्थानीय गोर्वासी निम्न माध्यमिक विद्यालयका १७३ विद्यार्थीलाई जुत्ता, पाठ्यसामग्री र खेलकुदका सामग्री प्रदान गरेको बताउनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ