arrow

अमेरिकामा पुगेर कोइरालाले भने–नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1235015770.jpeg
अमेरिका (क्यालिफोर्निया) । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क आइपुगेका छन् । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए । उनले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताए । उनले सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएको बताए । 

कोइरालाको सोमबारबाट मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसङ्घका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ