arrow

नाकाबन्दीविरुद्ध स्वीट्जरल्याण्डमा प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1671664817.jpeg
गुणराज शर्मा, स्विजरल्याण्ड । मानवअधिकार सम्वन्धी सयुक्त राष्ट्रसंघको २३ औ युपिआर बैठक चलिरहेको कै बेला स्विजरल्याण्डको जेनेभामा अवस्थित राष्ट्रसंघको कार्यलय भवन अगाडी भारतले लगाएको नाकावन्दीको विरुद्धमा स्विजरल्याण्डवासी नेपालीद्वारा बिरोध प्रर्दशन गरेका छन् ।

छोटो समयको तयारीमा गरिएको उक्त विरोध प्रर्दशनमा गैर आवासीय नेपाली संघका भूपू अध्यक्ष जीवा लामिछानेको विशेष उपस्थिति सहित स्विजरल्याण्ड, फ्रान्सका विभिन्न ठाउबाट नेपाली संगै नेपाल र नेपाली माया गर्ने  भारतीय नाकाबन्दी र हस्तक्षेपका विरुद्द लेखिएका प्लेकार्ड बोकेका लगभग ६० जनाको  सहभागिता रहेको थियो । राष्ट्रसंघको युपिआर बैठक भाग लिन नेपाल देखि आएका मानव अधिकारकर्मी , दलित अधिकारकर्मी , महिला अधिकारकर्मी र पत्रकारहरुले पनि एक्यवद्दता जनाउदै प्रर्दशनमा साथ् दिएका थिए ।

विरोध प्रर्दशनको क्रममा बोल्दै गैर आवासीय नेपाली संघका भूपु अध्यक्ष जीवा लामिछानेले नाकावन्दीले देश आक्रान्त बनेको बेला हामी सबै नेपाली मिलि यसको डटेर सामना गर्नु पर्ने बेला भएको बताउदै भारतले आन्तरिक मामलामा  हस्तक्षेप गरेकोमा विरोध गर्दै आफ्नो देशको समस्या समाधान गर्न हामी नेपाली सक्षम भएको बताए । आफ्ना भनाई राख्ने क्रममा कानुन ब्यबसायी एवं मानवअधिकारवादी गोविन्द बन्दीले अहिले चलिरहेको युपिआर बैठकमा नेपालमा मानवअधिकारको अवस्थाका बारेमा छलफलका लागि आएको भएपनि भारतीय नाकाबन्दीका कारणले नेपालीको मानवअधिकारको हनन सहित हाम्रो आन्तरिक मामला माथि नै हस्तक्षेप भएकाले नेपाल सरकार लगायत बैठक आएका हामी सबैले जोडदार रुपमा यसका विरुद्द आवाज उठाएको र त्यसको प्रभाव विश्व समुदायमा परेको बताए । 

कार्यक्रमको बारेमा गैर आवासीय नेपाली संघ स्विजरल्याण्डका निवर्तमान महासचिव सुभास पोख्रेलले प्रकाश पारेका थिए भने विरोध प्रर्दशन कार्यक्रमको सम्पूर्ण संयोजन गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सस्थापक संयोजक ददि सापकोटाले छोटो समयमा तय गरिएको कार्यक्रम भएपनि सहभागिता जनाईदिएकोमा सबैलाई धन्यवाद दिदै यस कार्यक्रमले भारतीय हस्तक्षेपका विरुद्दको हाम्रो एकतालाई अझ बलियो बनाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ