arrow

लामिछानेलाई विश्व स्काउटको सर्वोच्च पदक

सन् १९३५ मा स्थापित सो पदक पाउने लामिछाने ८० वर्षे इतिहासमा पहिलो नेपाली हुन् ।

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
Shreeram-Lamichne-580x600.jpg.jpeg
एकराज पाठक, काठमाडौ । नेपाललाई विश्व स्काउटको सर्वोच्च पदक प्रदान गरिएको छ । नेपाल स्काउटका सल्लाहकार एवम् निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट सङ्गठनले सो सङ्गठनको सर्वोच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको छ । स्काउटिङको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई सो पदक प्रदान गरिन्छ । सन् १९३५ मा स्थापित सो पदक पाउने लामिछाने ८० वर्षे इतिहासमा पहिलो नेपाली हुन् । 

यसअघि यो पदक पाउनेमा स्काउटिङ अभियानका संस्थापक लर्ड वेडेन पावेल, महिला स्काउटका संस्थापक लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६ औंँ, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस, लक्जम्वर्गका राजा सार जिन, साउदी अरेबियाका राजा अब्दुल्लाह बिन अजिज, थाइल्यान्डका नरेश भूमिबोल अब्दुलादेज तथा डेनमार्ककी राजकुमारी लगायत स्काउटको विकासमा विशिष्ट योगदान गरेका व्यक्ति छन् । 

सो सङ्गठनले जनवरी २९ मा लामिछानेलाई सो पदक दिने घोषणा गरेको हो । घोषित पदक केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने विश्व स्काउट सङ्गठनले जनाएको छ ।  विश्व स्काउट अभियान सुरु भएको शताब्दी (सन् १९०७—२००७) का अवसरमा सन् २००७ मा नेपालको रसुवा जिल्लामा अवस्थित पाँच हजार ८९० मि अग्लो उर्केमा हिमशृङ्खलालाई वेडेन पावेल स्काउट हिमाल तथा त्यहाँ जाने पदमार्गलाई वेडेन पावेल स्काउट पदमार्गको नामाकरण गरी विश्वभरका स्काउटलाई साहसिलो कार्यमा अघि बढाउन उल्लेखनीय योगदान गरेकामा सो पदक प्रदान गरिएको उक्त सङ्गठनले जनाएको छ । 

यसैगरी एसिया प्रशान्त क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा स्काउटिङको विकास तथा विस्तारमा योगदान गर्नाका साथै नेपाल स्काउटको प्रमुख आयुक्त हुँदा ९सन् २००४—२०१४०का अवधिमा नेपालमा स्काउटको सङ्ख्यात्मक र गुणात्मक विकासका साथै संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन गरेको योगदानको समेत मूल्याङ्कन गरिएको उल्लेख छ । 

लामिछाने हाल विश्व स्काउट सङ्गठन, एसिया प्र्रशान्त क्षेत्रीय सङ्गठनका विभिन्न समितिमा छन् । उनले यसअघि एसिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम गरिसकेका छन् । उनी ५२ वर्षदेखि स्काउटमा आबद्ध छन् । नेपाल स्काउटको तल्लो तह ९टेन्डरफुट० देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने लामिछाने पहिलो नेपाली हुन् ।

पर्वत जिल्लाको एक साधारण परिवारमा जन्मिनुभएका लामिछाने विसं २०२० मा टेन्डरफुटबाट नेपाल स्काउटमा प्रवेश गरेका थिए । उनी सन् २००४ मा नेपाल स्काउटको प्रमुख आयुक्तमा निर्वाचित भएको हो। त्यस्तै सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिका सदस्यमा सर्वसम्मत निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्ष हुन सफल भएका थिए ।

लामिछानेले नेपाल लगायत एसिया प्रशान्त क्षेत्रमा स्काउट शिक्षाको प्रवद्र्धन, विकास र विस्तारमा उल्लेख्य योगदान गरेबापत नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैंडा, फिनल्यान्डको राष्ट्रिय पदकदेखि विभिन्न मुलुकका स्काउट सङ्गठनबाट कैयौं उच्च सम्मान र विभूषणद्वारा विभूषित भइसकेका छन् ।  उनी हाल लक्जम्र्वगका लागि अवैतनिक नेपाली महावाणिज्यदूत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ