arrow

काँग्रेस कपिलवस्तुमा को को भए निर्वाचित, ८० प्रतिशत भन्दा बढी संस्थापनको पोल्टामा

क्षेत्र नं १, ३, ४,र ५ मा संस्थापन सभापति विजयी, क्षेत्र नं २ मा देउवा पक्ष

logo
मणि प्रसाद गैह्रे।
प्रकाशित २०७२ माघ २४ आइतबार
Congress-three-leader.jpg.jpeg.jpeg
कपिलवस्तु।नेपाली कांग्रेसको फागुनमा हुने आसन्न १३ औं महाअधिवेशनका लागी कपिलवस्तुमा भएको निर्वाचनको मत परीणाम सार्वजनिक भएको छ। जस अनुसार क्षेत्र नं १ बाट अध्यक्षमा संस्थापन पक्षका केशव कुमार श्रेष्ठ आफ्ना प्रतिस्पर्धी देउवा पक्षीय दुर्गा केसीले माथि विजयी हुनुभएको हो भने सचिवमा अनिल कुमार घिमिरे र कोषाध्यक्षमा बल बहादुर सेन ओली विजयी हुनुभएको छ।
 
क्षेत्र नम्वर १ बाटै महासमिति सदस्यमा विष्णुराज आचार्य, दुर्गा बहादुर सेन, दुनिका भुसाल, टेक बहादुर शाही, हरिराज घिमिरे, तेजतिलक बस्नेत रहनुभएको  । त्यसैगरी  यस अघि नै क्षेत्र नम्वर ४ बाट राजेश्वरी सिंह र क्षेत्र नम्बर ५ बाट अकिल मियां सर्वसम्मत रुपमा निर्वाचित भएका थिए। 
 
उता निर्वाचन क्षेत्र नम्वर २ मा सभापति अव्दुल मन्नान खाँ, जिल्ला सदस्यमा जमसेद खाँ, विरेन्द्र शुक्ला, परवेश्वर पाठक, चतुर्भुजमणी त्रिपाठी महिला तर्फ कला खनाल, महाधिवेशन प्रतिनिधी कमलेश कुमार शर्मा, राजेश आचार्य, शुरेश शर्मा, मेवालाल यादव, उलीउद्धिन मुसलमान, सोहरत तेली, परमात पाठक महिला तर्फ मिथीला उपाध्यय र शुमित्रा शर्मा जनजाती तर्फ ललित गुरुगं दलितमा रामदाश पाशी निर्वाचित हुनुभएको छ। त्यस्तै क्षेत्र नम्बर ३ मा सभापति गिरिजेश पाण्डे सचिव देवेन्द्र पाण्डे कोषाध्यक्षमा दिपक यादव जिल्ला सदस्यहरुमा माधव पराजुली, ओमप्रकाश गुप्ता ढोणे प्रसाद यादव र प्रकाश घिमिरे महिला तर्फ कन्यावती उपाध्यय महाधिवेशन प्रतिनिधीमा सुधाकर पाण्डे, राजु अर्याल, अव्दुल रउफ  खाँ, प्ररमात्मा पाठक, किरण सिंह, दुदनाथ उपाध्यय महिला तर्फ शशि शर्मा र रिता मिश्रा, मधेशी तर्फ देवी प्रसाद बर्मा दलित तर्फ कुन्ती पाशी निर्वाचित भएका छन।
 
त्यस्तै क्षेत्र न ४ बाट सचिव कमाल बहादु क्षत्री, कोषध्यक्ष दरोगा प्रसाद कुर्मी, जिल्ला सदस्य केशरी चौहान, भानुभक्त बराल, निर्मला देवी चौधरी, राजेन्द्र राज आर्चाय, योगेन्द्र केसी त्यस्तै महाधिवेशन प्रतिनिधि सुरेन्द्रराज आर्चाय, अब्दुल कलाम, प्रम बहादुर रायमाझी, जबाहारलाल थारु, दिर्घनारायण पाण्डेय, गोमा पाण्डे, इश्वरी पाण्डेय, जयकरण प्रसाद पासी, रामसिंह कुर्मी, गगौती देवी सिंह, विष्णू प्रसाद गैरे निर्वाचित भएका छन। महासमिति सदस्यहरुमा सुरेन्द्रराज आर्चाय, अब्दुल कलाम, प्रेम बहादुर रायमाझि, गगौती देवी सिंह र इश्वरी पाण्डेय सर्वसम्मत निर्वाचित सम्पन्न मानपुर गाविसमा निर्वाचन सम्पन्न भएको हो। पाटी सभापति  तथा सभासद सुरेन्द आर्चायको क्षेत्र रहेकोले सबैलाई मिलाएर नेततृत्व चयन  मिलाएर गरेका छन।
 
त्यस्तै क्षेत्र नं ५ बाट सचिव राजेश शुक्ला, कोषाध्यक्ष विनय कुमार गिरी निर्वाचित भएका छन। जिल्ला सदस्यहरुमा  महिला कोटामा सर्वसम्मत अनुराधा पाण्डेय र खुल्ला सदस्यहरुमा निर्वाचन मार्फत हरि पोख्रेल, रामचरित्र  मौर्या, जितेन्द्र उपाध्याय, भरत किशोर चौधरी विजयी भएका छन।
 
महाधिवेशन प्रतिनिधीमा बहमन्नद उपाध्याय, विरेन्द्र कुमार कनोडिया, घनश्याम अग्रहरी, दिपक शुक्ला, हुमाकान्त, खनाल, कृष्ण प्रसाद पौडेल प्यार मोह्म्मद मिया, प्रेम वुढाथोकी, उर्मिला उपाध्याय, जानकी रैदास, सुलेखा कनौडिया निर्वाचित भएका छन महासमिति सदस्य पनि सहमतमा सक्ने सभापति अकेल मियाले बताए। 
 
कांग्रेस १३ औं महाधिवेशनका लागि कपिलवस्तुका निर्वाचन प्रमुख रहनु भएका शालीकराम बन्जाडेले दिएको जानकारी अनुसार कपिलवस्तुका पाँच वटै क्षेत्रमा सौहाद्र पुर्ण रुपमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा हालसम्म संस्थापन पक्षबाट बर्तमान सभापति सुरेन्द्रराज आर्चाय र सुधाकर पाण्डेय, देउवा पक्षबाट राजेश आर्चाय र राजु अर्यालले पार्टिको जिल्ला अध्यक्षमा दावी गरेको समाचार आइरहेपनि औपचारिक घोषणा भने गर्न बाकि छ। 
 
हालसम्म संस्थापन तर्फका क्षेत्र नं १, ३, ४,र ५ मा सभापति विजयी भए भने १ जना क्षेत्र नं २ मा देउवा पक्षका विजयी भएको स्रोतको दावी छ। महाधिवेशन प्रतिनिधीमा ८० प्रतिशत बढि संस्थापन पक्षका पदाधीकारीहरु चुनिन सफल भएका छतन। कपिलवस्तु कांग्रेसमा हालसम्म संस्थापन पक्ष बलियो रहेको स्रोतको दावी छ। ५३ गाविस ६ नगरपालीका रहेको कपिलवस्तुमा कुल ५ बटा क्षेत्रमा कांग्रेसका ६ हजार ४ सय कृयाशिल सदस्य रहेकोमा प्रत्येक क्षेत्रवाट ११ जना सहित ५५ जना महाअधिवेशन प्रतिनिधि र ६६ जना महासमिति सदस्यमा निर्वाचित हुने विधानमा उल्लेख छ।
 
यही २५ गते जिल्ला अधिवशेन सदरमुकाम तौलिहवामा रहेको उत्न राज्य उच्च मावीमा सम्पन्न गर्ने तयारी पुरा भएको पार्टी सभापति सुरेन्द्रराज आर्चायले बताएका छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ