arrow

बझागं काँग्रेसको दुबै क्षेत्रमा देउवा प्यानल

logo
शैलेन्द्र रोकाया।
प्रकाशित २०७२ माघ २४ आइतबार
congress.jpg.jpeg.jpeg
बझाङ। नेपाली काँग्रेस बझाङको  तेह्रो महाधिबेसनको संघारमा जिल्लाका  दुबै क्षेत्रहरुमा देउवा पक्षका उम्मेदवार बिजयी भएका छन्। बझागं जिल्लाको क्षेत्र नम्बर १मा सहमतीको आधारमा क्षेत्रिय अबिधेसन भएपनि क्षेत्र नम्बर २मा भने सहमतीय प्रयास असफल भएपछि निर्बाचन भएको छ। जिल्लाको क्षेत्र नम्बर १ को क्षेत्रिय अबिधेसनबाट देउवा पक्षका भत्तराज जोशी क्षेत्रिय शभापतीमा  निर्बिरोध चयन भएका छन्। महाधिबेसन प्रतिनिधीमा समेत  देउवा प्यालन बाट १० जना रहेका छन् भने संस्थापन प्यानल बाट दुई जना निर्बिरोध छानिएका छन्।  
 
महाधिबेसन प्रतिनिधीमा देउवा पक्षका खुल्ला तर्फ अर्जुन जगं बहादुर सिहं, खडक बोहोरा, जगत प्रसाद जोशी, पृथ्बी बहादुर सिहं र हर्कजगं सिह रहेका छन्। त्यसै गरि देउवा प्यानल बाटै महिला तर्फ देबी कुमारी सेटी, अपागं तर्फ नन्दकृष्ण जोशी जनजाति तर्फ केशब नगरकोटी दलित तर्फ प्रकास स्नेही  रहेका छन् भने संस्थापन बाट महिला तर्फ चन्दादेबी जोशी र खुल्ला तर्फ चेतराज बजाल रहेका छन्। क्षेत्र नम्बर २ मा देउवा र सस्थापन पक्ष बिच कडा प्रतिस्पर्दा भएको छ। प्रतिस्पर्दा बाट सस्थापन टिमले पराजय भोगेको छ भने देउवा पक्षको सबै उम्मेदवारहरु बिजय भएका छन्।
 
क्षेत्र नम्वर २को क्षेत्रिय अबिधेसनबाट शभापतिमा धन बहादुर खड्का बिजयी भएका छन्। महाधिबेसन प्रतिनिधीमा खुल्ला तर्फ देउवा टिमका कटक जप्रेल,देबराज शर्मा,धन बहादुर बिस्ट,नरेश बहादुर सिहं, रमेस भण्डारी, महिला तर्फ पार्भती जोशी ,शान्ति कुमारी महत दलित तर्फ रतन नेपाली अपागं तर्फ कबिराज गिरी र जनजाति तर्फ शेर बहादुर गुरुगं निर्बाचित भएको पाटी शभापतिी पृथ्बी बहादु सिहले बताउनु भयो। वहाले सहमतीका लागी हदै सम्म भएको प्रयास असफल भए पछि देउवा र संस्थापन पक्षले आ आफ्ना टिम बनाएर चुनाबी मैदान मा उत्रिएका बताउनु भयो। निर्बाचनमा पूर्व स्थानिय बिकास राज्य मन्त्रि डा.सुरेस मल्ल , नेपाल तरुण दलका पूर्व केन्दिय उपाध्यक्ष प्रताप गुरधामी,नेबिसघंका पूर्ब केन्दिय सदस्य तथा दलित आयोगका सदस्य मन्जित ताम्राकारले पराजय भोगेका छन्।
 
सबिंधान शभाको  निर्बाचनमा दुबै निर्बाचन क्षेत्रमा पराजय भोगेको काग्रेसले जिल्ला अबिधेसनमा सहमती नगरे अझै बिग्रन सक्ने काग्रेसको राजनिती बिग्रन सक्ने क्षेत्रिय प्रतिनिधी लोकेन्द्र सुनारले बताउनु भयो। वहाँले पार्टीमा राम्रो नेता कार्यकर्ताको क्षमता योग्यता र योगदान लाई कदर नभएर जातिबाद नातवाद कृपावाद वक्तिबाद र गुटबन्दीका कारण काग्रेस धरासाही हुने अबस्था आउन सक्ने बताउनु भयो। वहाँले  सुधार नभएर बझाङमा पार्टीको जित नहुने तर्क राखे। २५ गते हुने जिल्ला अधिबेसनका लागी सभापतीमा भने देउवा पक्षको बिजय हुने सुनिस्चित भएको छ।
 
जिल्ला कार्य समिती उपशभापति  हर्कजंग बहादुर सिह, खडक बोहोरा रमेस भण्डारी जिल्ला कार्य समिती शभापतिका आंकाक्षी छन्। जिल्ला कार्य समितीका लागी सहमतीको प्रयास भै रहेको पाटि शभापति पृथ्बी बहादुर सिहंले बताउनु भयो। वहाँले लोकतान्त्रिक प्रणालीमा जित र हार स्वभाबिक भएकाले दुबै पक्षलाई मिलाएर लैजाने समेत जानकारी दिनु भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ