arrow

काँग्रेस पाँचथरमा को के मा निर्वाचित

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ माघ २४ आइतबार
13th-congress.png.png.png
पाँचथर। नेपाली काग्रेस पाँचथर क्षेत्र नम्बर १ मा वर्तमान सभापति समर बहादुर अधिकारी पुन सभापति बन्नुभएको छ। शनिबार फिदिममा भएको निर्वाचनमा उहाँका प्रत्याशि दुर्गा प्रसाद ओझालाई ९४ मत अन्तरले पराजित गर्दे अधिकारी सभापति बन्नुभएको हो । अधिकारीको पक्षमा १ सय ३५ र अधिकारीको पक्षमा ४१ मत खसेको थियो । यस्तै सचिवमा पनि वर्तमान सचिव भगिश्वर योङहाङ नै निर्वाचित हुनु भएको छ । उहाँका प्रत्याशि पुर्ण कुमार आङदेम्बेलाई ८२ मत अन्तरले पराजित गर्दे योङहाङ निर्वाचित हुनुभएको हो।
 
यस्तै महाधिवेशन प्रतिनिधीमा खुल्ला तर्फ दिपक प्रकाश वास्कोटा,नरेन्द्र कुमार केरुङ,ओनाहाङ नेम्बाङ,मित्र प्रसाद काफले,टेकेन्द्र काम्बाङ,अम्बिका न्यौपाने निर्वाचित भएका छन् । यस्तै महिला तर्फ मधु जवेगु र कृष्ण कुमारी खतिवडा निर्वाचित भएक छन् । यसैगरी आदिवासी तर्फ विजुली विक्रम नेम्बाङ,दलित तर्फ पूर्ण बहादुर नेपाली निर्वाचित भएका छन् भने पिछडा वर्गमा शम्भु ठाकुर सर्वसम्मत महाधिवेशन प्रतिनिधी भएका छन्।
 
यस्तै क्षेत्रिय सदस्यहरुमा टंक बहादुर तामाङ,संच कुमार केरुङ,नेत्र प्रसाद शिवाकोटी,टिकाराम सेन्चुरी,सीताराम न्यौपाने,प्रताप राई,श्रीप्रसाद घिमिरे,विना थाम्सुहाङ र खगेन्द्र जवेगु निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर २ मा बम लावती क्षेत्र नम्बर २ को सभापति बन्नुभएको छ । उहाँका प्रत्याशि डेकेन्द्र तामाङलाई ४५ मत अन्तरले पराजित गर्दे लावती सभापति बन्नुभएको हो । लावतीको पक्षमा १ सय ४१ र तामाङ पक्षमा ९६ मत मात्रै खसेको थियो । यस्तै महाधिवेशन प्रतिनिधीमा खुल्ला तर्फ सुरेन्द्र कुमार दाहाल,पूर्ण कुमार शेर्मा,विरेन्द्र खड्का,धर्मेन्द्र विक्रम नेम्बाङ,राजेन्द्र रिजाल र डेकेन्द्र चेम्जोङ निर्वाचित भएका छन् । यसैगरी महिला तर्फ देशु सुहाङ र देवित्रा आङदेम्बे,आदिवासी तर्फ रामराज आङदेम्बे र दलित तर्फ विमल धमला निर्वाचित भएका छन् भने पिछडा वर्ग तर्फ जिगदिश शाह सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भइसकेका छन् । यस्तै महासमिती सदस्यहरुमा
 
सुरेन्द्र दाहाल,पूर्ण कुमार,धमेन्द्र विक्रम नेम्बाङ ,राजेन्द्र रिजाल र देवित्रा आङदेम्वे लाई चयन गरिएको छ । काग्रेसको जिल्ला अधिवेशन भने भोलीबाट सदरमुकाम फिदिममा हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ