arrow

काँग्रेसका नेता सक्रिय, समितिहरु निश्क्रीय

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
congress-party-office.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन निजिकिदै गर्दा पनि महाधिवेशनका लागि गठन गरिएका समितिहरु सक्रिय हुन सकेका छैन। नेताहरु आ आफ्नो चुनावी प्रचार प्रसारमा लाग्दा समितिहरु निश्क्रीय भएका हुन्। महाधिवेशनका लागि भन्दै केही महिना अगाडी पार्टी केन्द्रीय समितिले १३ओटा समितिहरु गठन गरेको थियो। ति समितिहरु मध्ये अधिकाँशको एक पटक पनि बैठक बस्न सकेका छैनन भने कतिपयले नाम मात्रको बैठक बसालेका छन्। महाधिवेशनका लागि गठित विधान समिति, प्रचार प्रसार समिति र निति तथा कार्यक्रम समिति अलिअलि सक्रिय जस्तो देखिएपनि अरु समितिहरु निश्क्रीय जस्तै रहेको समितिका सदस्यहरुले नै बताएका छन्। 
 
महाधिवेशन व्यवस्थापन समिति, स्वास्थ्य समिति, स्वयमसेवक व्यवस्थापन समिति, भोजन तथा आवास व्यवस्थापन समिति लगायतका समितिहरु गठन गरिएको छ। कतिपय समितिका सदस्यहरुलाई त आफु कुन समितिमा छु भन्ने नै थाहा छैन भने कतिपयले समितिका तर्फबाट अहिले सम्म कुनै खवर तथा सम्पर्क नै नभएको उनीहरुले बताएका छन्।
 
केन्द्रीय महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा काँग्रेस काठमाडौका सभापति भिमसेनदास प्रधानले समितिले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहेको बताएपनि समितिको बैठक भने बस्न नसकेको बताए। “विभिन्न संगठनका प्रमुखहरु आफ्नो समितिका सदस्य रहेकाले सवैलाई बोलाएर बैठक बस्न सकिएको छैन्, तर समितिको तर्फबाट गर्नु पर्ने काम भईरहेको छ”, प्रधानले भने। 
 
त्यसैगरी स्वास्थ्य समितिका सदस्य राजन पन्तले पनि सामान्य सल्लाह भएपनि बैठक नै भने नवसेको उल्लेख गरे। उनले “स्वास्थ्य समितिको संयोजक डा. शशांका कोईरालाले आफ्नो तरिकाले तयारी गरिरहनु भएको छ, त्यस कारणले त्यत्रो धेरै बैठकको आवश्यकता नभएर पनि होला” भने।
 
स्वयमसेवकको जिम्मा नेपाली काँग्रेसले भूपू सैनीक संघलाई दिएको छ। संघले पनि तयारी धेरै गर्नु पर्ने आफुहरुको काम केही नभएकाले अहिले त्यस्तै केही काम नगरिएको तर काममा कुनै वाधा नपर्ने दावी गर्छ । संघ पदाधिकारीहरुले सामान्य छलफल गरेर काठमाडौ वरपरका जिल्लालाई स्वयम सेवकका लागि तयारी अवस्थामा रहन पत्रचार गरिएको र महाविधेशन हुने केहीदिन अगाडी मात्रै बैठक बसिने जानकारी दिए। 
 
काँग्रेसका अन्य अधिकांश समितिहरुले पनि बैठकको बस्न नभ्याईएको बताएका छन्। कतिपयले भने अहिले बैठकको आवश्यकता नभएको र समिति अन्तर्गतका केही मान्छेहरुले काम गरिरहेको बताए। 
 
समितिले गरिरहेका कामका बारेमा पार्टी केन्द्रीय कार्यालयलाई समेत केही जानकारी छैन्। समितिका गतिविधिका बारेमा केन्द्रीय कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था नभएकाले आफुहरुलाई थाहा नभएको केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषीकेश तिवारीले बताए। उनले भने “यँही (पार्टी केन्द्रीय कार्यालय सानेपामै) आएर भएको बैठक स्वभाविक रुपले देखियो, त्यस बाहेक वाहिर भईरहेका बैठकका बारेमा हामीलाई देख्ने कुरा भएन, थाहा पनि छैन” मुख्य सचिव तिवारीले बैठक भईरहेको होला, हामीलाई थाहा नभएको मात्रै होला भने। 
 
अधिकांस समितिका संयोजक र सदस्यहरुलाई सोध्दा नेताहरु स्थानीय अधिवेशमा लाग्नु परेकाले समितिले जति गर्नु पर्ने हो त्यति काम नगरेको स्वीकार गरे। उनीहरुले २५ गते हुने पार्टीको जिल्ला अधिवेशनपछि मात्रै महाधिवेशनका लागि गठन भएका सवै समितिहरुले सक्रीय रुपमा काम गर्ने बताउछन्। काँग्रेसको १३औं महाधिवेशन यही फागुन २० गते देखि २३ गते सम्म काठमाडौमा गर्ने निर्णय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ