arrow

‘प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण होस्’

उहाँको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकोस् भन्ने उद्देश्यका साथ छलफल हुनेछ ।

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
Artha-Minister.JPG.jpeg
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् । भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीका सिलसिलामा विकास र आर्थिक विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी दिए । अर्थमन्त्रीले भने– ‘‘प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले उपलब्धिपूर्ण होस्, उहाँको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकोस् भन्ने उद्देश्यका साथ छलफल हुनेछ । 

उनले दुई देशबीचको सम्बन्ध प्रगाढ, घनिष्ठ, जीवन्त, पारस्परिक लाभ र सहयोगमा आधारित तथा आजको युगको माग अनुरुप हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताउँदै भविष्यलाई सोचेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्छ भन्ने आत्मविश्वासका साथ आफूहरु प्रस्तुत हुने स्पष्ट गरे । 

साझा समृद्धिका क्षेत्र पहिचान गरिने 
अर्थमन्त्री पौडेलले पुनःनिर्माण सन्दर्भमा भारतीय पक्षबाट भएको सहयोगको प्रतिबद्धतालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा गहन छलफल हुने तथा भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजनाको समीक्षा, सहमति भएका विकासका आयोजनाको तीव्र कार्यान्वयन र साझा समृद्धिका क्षेत्रको पहिचान गर्ने विषयमा विस्तृत रुपमा विचार विमर्श हुने पनि बताए । 

नयाँ दिल्लीमा रहँदा उनले खास गरी भारतीय अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजलगायत नेतासँग दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् ।  अर्थमन्त्री पौडेलका साथ अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत छन्। भारत भ्रमण सकेर नेपाली टोली आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ