arrow

फेसबुकबाट युवतीसँग ठग्ने जेल चलान

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
फेसबुक.jpg.jpeg
काठमाडौं । फेसबुकका माध्यमबाट जिल्लाकी एक युवतीबाट ३ लाख रुपैयाभन्दा बढी ठगेको आरोपमा पक्राउ परेका निश्चल शर्मा भनिने भवीन्द्र सुवेदी जेल चलान भएका छन् ।
 
नागरिक दैनिकमा समाचार छ-सुवेदीलाई अदालतले ३ लाख ४७ हजार धरौटीमा छाड्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी कृष्णप्रसाद कोइरालाले बताएको 
न्यायधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ठगी मुद्दाका आरोपी सुवेदीलाई उक्त रकम अथवा त्यसबराबरको जेथो धरौटीका रुपमा माग गरेकोे थियो ।  
 
निश्चल शर्मा नामको फर्जी फेसब्क एकाउन्ट बनाई युवतीबाट पटक पटक पैसा लिएर ठगेको आरोप सु्वेदीमाथि थियो । झापाका बासिन्दा सुवेदी पुस अन्तिम साता पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ