arrow

छिमेकीलाइृ फसाउन बलात्कार नाटक’

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
रौतहट.jpg.jpeg
काठमाडौं । छिमेकीलाई फसाउन झूटो उजुरी हाल्ने दम्पती आफैँ फन्दामा परेको छ । रौतहट विश्रामपुर गाविसका डमरी महरा र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।
 
नागरिक दैनिकमा समाचार छ-माघ १८ गते राति १ बजे विश्रमपुरमा पाँच जनाको नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५ वर्षीय दलित महिलालाई बलात्कार गरेको खबर प्रहरीमा पुग्यो ।तत्कालनै घटना स्थल पुगेको प्रहरीलाई उनले आफूलाई घर नजिकैको परालको कन्युमा लगेको, एक जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि सबै जना भागेको बयान दिएको छ ।
 
त्यसपछि अनुसन्धान थालेको प्रहरीमा उनीहरुले छिमेकी पाँच जनाको नाम किटानी गरे ।प्रहरीले अनुसन्धान केलाउदै जाँदा प्रहरीले अनुसन्धानमा नसोचेको मोड फेला पार्‍यो । अनुसन्धान केलाउदै जाँदा आफूहरुलाई चोरी काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित भनिएकाले नै बलात्कारको झूटो कथा रचेका तथ्य बाहिर आयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ