arrow

सागमा नेपाली खेलाडीले नै अझै पाएनन् कार्ड

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
१२-औं-दक्षिण-एसियाली-खेलकुद.jpg.jpeg
काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद साग शुरु भएको दोस्रो दिनसम्म नेपालका खेलाडी र प्रशिक्षकले एक्रिडिटेशन कार्ड पाएका छैनन् । 
 
अन्नपुर्ण पोष्टमा गोविन्द रेग्मी लेख्छन्-पदाधिकारीको लापरवाहीका कारण कार्ड नपाउँदा खेलाडी र प्रशिक्षकले सास्ती भोगोका छन् । दक्षिण एसियाको कुम्भमेलाान भिडेर पदक जित्ने आश गरेका खेलाडीले अहिलेसम्म कार्ड नपाउँदा दुःखी बनेका छन् । एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणासहित ८५ जना खेलाडीले एक्रिडिटेशन कार्ड नपाउँदा प्रशिणमा समेत सहभागी हुन पाएका छैनन् । 
 
कार्डविना प्रशिक्षण तथा प्रतियोगितास्थलमा प्रवेश पाइँदैन । नेपालका ८५ खेलाडीले कार्ड नपाएको स्विकार गर्दै नेपाल ओलम्मिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहजीकरण गर्न लागेको बताए । उनले भने, ‘भारतको केन्द्र सरकार र प्रान्तीय सरकारबीच द्वन्द्वको असर दक्षिण एसियाली खेलकुदमा देखिएको छ । भारतको ओलिम्पिक कमिटीलाई समेत बाईपास गरेर प्रान्तिय सरकारले सागमा हस्तक्षेप गरेका कारण नेपाली खेलाडीले कार्ड बन्न सकेको छैन ।’ 
 
खेलाडी मात्र होइन गुवहाटी र सिलोङ पुगेका टोली ब्यवस्थापक र प्रशिक्षको समेत कार्ड बनेको छैन । राखेप स्रोतका अनुसार साइक्लिङका प्रशिक्षक सहित भारतको गुवाहाटी र सिलोङ पुगेका २५ खेल पदाधिकारीले कार्ड पाएका छैनन् । सागको समाचार संकलन गर्न गुवाहाटी पुगेका नेपालका सञ्चारकर्मीले समेत एक्रिडीटेशन कार्ड नपाउँदा हैरानी खेप्नु परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ