arrow

नाका अवरुद्ध पार्ने मोर्चाको निर्णय

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
मार्चा.webp.jpeg
काठमाडौं ।नाका अवरोध गर्न निर्णय शनिबार सार्वजनिक गर्दै मोर्चाका नेता ।नाका अवरोध गर्न निर्णय शनिबार सार्वजनिक गर्दै मोर्चाका नेता ।
 
नागरिक दैनिकमा रितेश त्रिपाठी लेख्छन् -वीरगन्ज–एक सय ३४ दिनदेखि बन्द नाका खुलेको २४ घण्टा नबित्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाका फेरि अवरुद्ध गर्ने निर्णय गरेको छ। मोर्चाको आधिकारिक निर्णय आउन अगावै स्थानीय दबाबमा शुक्रबार नाका खुलेको थियो।
 
शनिबार मोर्चाको वीरगन्जमा बसेको बारा र पर्साको संयुक्त बैठकले केन्द्रीय तहबाट आधिकारिक निर्णय नआएसम्म नाका अवरुद्ध गर्ने निर्णय गरेको हो । बैठकपछि मोर्चाले जारी गरेको विज्ञप्तिमा शनिबार दिउसो २ बजेदेखि नाका अवरुद्ध गर्ने उल्लेख छ।
 
'हामी नाका छोडेका होइनौं, हटाइएको हो, स्थानीय र प्रहरी दुबै मिलेर तत्काल बलजफ्ती गरेर नाका खुलाएका हुन्,' तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले भने, 'एक दुई दिनभित्र नाका खोल्ने निर्णय आउँछ भनेर नाका खुकुलो पारेको बेला घटना गराइयो, आधिकारिक निर्णय आउन बाँकी भएकाले पूर्व निर्धारित कार्यक्रमलाई निरन्तरता दिनैपर्छ।' उनले मोर्चाको बैठकले कार्यक्रमको स्वरुप परिवर्तनबारे निर्णय गर्ने बताउँदै यसपालीको नाका अवरोध छोटो (सम्भवतः एक दिन)को लागि भएको जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ