arrow

काँग्रेसको काठमाडौं–४ मा गगन थापाकै बर्चश्व; १० जना महाधिवेशन प्रतिनिधि संस्थापन निकट

क्षेत्रीय सभापतिबाहेक प्यानलनै थापा पक्षीय विजयी

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
gagan-thapa.jpeg.jpeg
काठमाडौं। नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ४ मा भएको क्षेत्रिय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य गगन थापा पक्षका बहुमत महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका छन् भने क्षेत्रिय समितिमा सभापतिमा बाहेकका सबै पदमा थापा पक्षधर नेताहरु विजयी भएका छन्। 
 
कांग्रेसको महामन्त्रीमा उमेद्वार बन्ने घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा पक्षका ८ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शुक्रवार भएको अधिवेशनको मतपरिणाम अनुसार १३ मध्ये ८ जना थापा पक्षीय नेताहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
 
यस्तै क्षेत्रिय समितिमा क्षेत्रिय समितिमा सभापतिमा बाहेकका सबै पदमा थापा पक्षधर नेताहरु विजयी भए। सभापतिमा भने देउवा पक्षका राजु श्रेष्ठले विजयी भए। राजुले सभापतिमा आफ्नै आफन्त पर्ने अघिल्लो कार्यकालका क्षेत्रिय सभापति न्हुच्छेनारायण श्रेष्ठलाई ४ मतले पराजित गरेका हुन्। सभापतिमा यसपटक पराजय भोगेका न्हुच्छेनारायण श्रेष्ठले अघिल्लो महाधिवेशनमा देउवा पक्षीय नेता राजु श्रेष्ठलाई नै पराजित गरेका थिए। संस्थापन निकट नै विनोदबाबु श्रेष्ठ समेत उमेद्वार भएपछि काठमाडौं ४को काँग्रेस राजनीतिको समिकरण परिवर्तन भएको स्थानिय काँग्रेस कार्यकर्ताहरुको भनाई छ। 
 
को-को निर्वाचित भए महाधिवशेन प्रतिनिधिमा? 
महाधिवेशन प्रतिनिधि निर्वाचित भएका १३ जना मध्ये चिरिन्जीवीनिधि तिवारी, शैलेश सिटौला, साधुराम खड्का, सुशील नाहाटा, विमल भित्रकोटी, अनार बस्नेत, लाक्पा लामा, कर्माछिरिङ शेर्पा, नरोत्तम बैद्य र जानुका घिमिरे थापा पक्षीय अर्थात संस्थापन पक्षीय हुन्। देउवा पक्षका भने क्षेत्रिय सभापति राजु श्रेष्ठ र आत्माराम पौडेलमात्रै निर्वाचित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ