arrow

झापा काँग्रेसबाट महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको ९० प्रतिशत !

logo
शुसिला संग्रौला
प्रकाशित २०७२ माघ २३ शनिबार
Congress-three-leader.jpg.jpeg
बिर्तामोड। नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि झापाको सात वटा निर्वाचन क्षेत्रमध्ये शनिवार सम्पन्न क्षेत्रीय अधिवेशनमा यो समाचार तयार पार्दासम्म क्षेत्र नं १, २, ३, ४, ६, र ७ को निर्वाचन परिणाम सार्वजनिक भएको छ। निर्वाचनको प्राप्त पछिल्लो विवरण अनुसार महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिमा संस्थापन पक्षले ९० प्रतिशत स्थान सुरक्षित गरेको छ। 
 
नेपाली कांग्रेस झापा क्षेत्र न. ४ को शनिवार सम्पन्न अधिवेशनबाट खुल्लतर्फको महाधिवेशन प्रतिनिधिमा  सर्वाधिक ११८ मत ल्याई झापा कांग्रेस सभापति उद्व थापा निर्वाचित भएका छन्। क्षेत्र न. ४ मा कुल १३० मतमा सबैमतको मतदान भएको छ। त्यसैगरी दोस्रो स्थानमा ९७ मत ल्याई कृष्ण हुमागाँई निर्वाचित भएका छन् भने दिपक तामाङले ८३ मत ल्याई तेस्रो स्थानमा आएका छन्। त्यसैगरी पुण्य ओझा ६९ मत, रशेम श्रेष्ठ ६३ मत र खड्ग प्रसाईं ६३ मत ल्याई निर्वाचित भएका छन् । दलितमा राजकुमार बराइली ८१ मत ल्याई विजयी भएका छन् भने पीछडा वर्गमा दयानन्द बंशल ६४ मत ल्याई निर्वाचित भए। आदिवासी जनजातितर्फ मोहन सुब्बा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। क्षेत्रीय अधिवेशन पश्चात महासमिति सदस्यमा सर्वसहमति भई उद्वव थापा, दिपक तामाङ, सरिता प्रसाईं, रमेश श्रेष्ठ र खड्ग प्रसाई चयन भएका छन्। क्षेत्रीय सभापतिमा ७४ मत ल्याई भिम राजवंशी निर्वाचित भएका छन् भने प्रकाश चुडालले ४८ मत ल्याई उपबिजेता भएका छन्। कार्यसमितिको सचिवमा किरण श्रेष्ठ र कोषाध्यक्ष रञ्जिता कार्की यसअघि नै निर्विरोध निर्वाचित भए। क्षेत्रीय समितिको सदस्यमा खगेन्द्र मैनाली, रामबाबु धिमाल, गंगा भुजेल, जीवन थापा, देवीमाया कुमाल, भूपाल कार्की, भोला बराल, शेखर बन र सूर्य गुरुङ निर्वाचित भए। 
 
क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिमा  १०९ मत ल्याई सांसद सुधिरकुमार शिवाकोटी अग्र स्थानमा विजयी भए भने गोपाल बस्नेतले ५२ ल्याई दोस्रो भए। लोकराज ढकाल ८६, राजेश खड्का ८५, केशवराज पाण्डे ८५ र ताराबीर कटुवाल ७५ मत ल्याई विजयी भए। महिलातर्फ सिता पौडेल ६७ र भूमा घिमिरे ६४ मत ल्याई विजयी भए। आदिवासीजनजातितर्फ अमृतलाल राजवंशी ८७ मत ल्याई निर्वाचित भए भने दलितमा गजेन्द्र नेपाली र पीछडावर्गमा अमृत माझी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। २ नं. क्षेत्रीय समितिको सभापतिमा नविन विमली, सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा गोपाल मैनाली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। सदस्यहरुमा सूर्य कन्दङ्वा, भरत ओडारी, धर्म लक्सम्वा, जगतबन्धु राजवंशी, हेमकुमारी कुवर, मोहन राजवंशी, लाल थेवे र विष्णु प्रसाईं चयन भए।
 
यसैगरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गणेश पोखरेल निर्वाचित भए। प्रतिस्पर्धी राजेन्द्र सापकोटालाई ११८ को फराकिलो मत अन्तरले पराजित गर्दै पोखरेल निर्वाचित भए। पोखरेलले १३१ र सापकोटाले १३ मत मात्र प्राप्त गरेका थिए। क्षेत्रीय सचिवमा गिताप्रसाद भट्टराई सर्वसम्वत चयन भए। कोषाध्यक्षमा कोकिला खनाल (९२) निर्वाचित हुनुभएको छ, प्रतिस्पर्धी कृष्णमाया खड्का (४२)–लाई दोब्बर मतले पछि पार्दै खनाल निर्वाचित भए । खुल्ला महाधिवेशन प्रतिनिधिमा जनक पाण्डे (१३४), जीतबहादुर पुरी (१२७), तिलकसिंह पाण्डे (११९), ओमप्रकाश सरावगी (११९), भूमिप्रसाद राजवंशी (११६), मदनबहादुर बस्नेत (१०४), दलिततर्फ रणबहादुर लामगादे (१०२) मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत होम गुरूङले जानकारी दिए। महिलातर्फ शुसिला ढकाल र तारादेवी भुर्तेल, आदीबासी जनजातीतर्फ बडाराम हेमरम र मधेशी, मुस्लिम अल्पसंख्यकतर्फ महमद नुरुजमा मिया निर्विरोध निर्वाचित भए।
 
त्यसैगरी क्षेत्र नम्बर १ को खुल्लातर्फको महाधिवेशन प्रतिनिधिमा भएको निर्वाचनमा युवा नेता विश्वप्रकाश शर्मा (११२), अशोककुमार पोखरेल(९३), बिमल आचार्य (८९), पङ्कजविक्रम नेम्बाङ (७३), राम कट्टेल (६७), तिलकप्रसाद गिरी (५७), र  महिलातर्फ दुर्गा खतिवडा (८५) र उषा गुरूङ (७९), मधेशी/अल्पसंख्यक/अपाङ्ग कोटातर्फ विजय डालमिया (८६) मत प्राप्त गर्दै विजयी भए। महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने महासमिति सदस्यका लागि अशोककुमार पोखरेल, राम कट्टेल, बिमल आचार्य, तिलकप्रसाद गिरी र उषा गुरूङ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत हरि अधिकारीले जानकारी दिए। क्षेत्र नम्बर १ को सभापतिमा मणिकुमार उप्रेतीसहित सिंगो कार्यसमिति शुक्रवारनै निर्विरोध निर्वाचित भएको थियो। 
 
त्यसैगरी क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित भएका छन्। उनका प्रतिद्धन्द्धी पार्टीका जिल्ला कोषाध्यक्ष तथा निर्वतमान महाधिबेशन प्रतिनिधी देवीप्रसाद दाहाल थिए। निर्वाचित भण्डारीले ९३ र दाहालले ४१ मत प्राप्त गरे। त्यस्तै क्षेत्रीय सचिवमा ६५ मत ल्याएर चुडेन्द्र कुमार खड्का निर्वाचित भए। उनका प्रतिष्पर्धी विरेन्द्र पोख्रेलले ५१ मत ल्याए। यसैगरी, कोषाध्यक्षमा अनिल भण्डारीले ६३ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी जितु धिमालले ६१ मत ल्याए। यसअघि नौ सदस्यीय क्षेत्रीय सदस्यहरुमा भने सर्वसम्मत निर्वाचित भएको थियो। यसैगरी खुल्लातर्फको महाधिबेशन प्रतिनिधीहरुमा शेरवहादुर भट्टराई, सुरेश सुब्बा , दिलवहादुर वुढाथोकी, टिकाराज सापकोटा, रोशन कुमार गौतम र घनेन्द्रराज योङया निर्वाचित भएको क्षेत्रीय मतदान अधिकृत प्रकाश भण्डारीले जानकारी दिए। ६ सदस्यीय खुल्लातर्फ महाधिबेशन प्रतिनिधीहरुमा १० जना प्रतिष्पर्धी हुनुहुन्थ्यो। यसैगरी महाधिबेशन प्रतिनिधितर्फ २ जना चाहिने महिला कोटामा कांग्रेसकी सांसद महेन्द्रकुमारी सुब्बा ८८, महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई ६४ मत ल्याई निर्वाचित भए। यसैगरी आदिवासी जनजातितर्फ आइन्द्रविक्रम केरुङ, दलिततर्फ अमर वराईली र मधेशीतर्फ सत्यनारायण चौधरी महाधिबेशन प्रतिनिधिमा निर्वाचित भए। शनिवारै सम्पन्न महासमिति सदस्यतर्फको निर्वाचनमा शेरवहादुर भट्टराई, सुरेश सुब्बा, दिलवहादुर वुढाथोकी, टिकाराज सापकोटा र सांसद महेन्द्रकुमारी सुब्बा सर्वसम्मत निर्वाचित भएको मतदान अधिकृत भण्डारीले वताए।
 
यस्तै क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिमा रोहितकुमार शाह निर्वाचित भए। यसअघि क्षेत्रीय समितिको सचिवमा सूर्यभक्त सिटौला, कोषाध्यक्षमा विष्णुकुमार बरालसहित कार्यसमितिका नौजना सदस्य समेत निर्विरोध निर्वाचित भएका थिए। यसैगरी महाधिबेशन प्रतिनिधिको खुल्लातर्फ अनिलकृष्ण प्रसाई, किरण भट्टराई, कुमार रेग्मी, खगेन्द्र अधिकारी, घनश्याम रिजाल र सिताराम भट्टराई निर्वाचित भएका छन्। त्यस्तै महिलातर्फ फुलवती राजवंशी र लक्ष्मी बाह्कोटी (प्रसाई), आदिवासी जनजातितर्फ जीवन राई र मधेशीतर्फ उदयलाल यादव निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ