arrow

जाजरकोट काँग्रेसमा युवाको वर्चस्व

संस्थापन र देउवा पक्ष दुवैले आ आफ्नो पक्षले बढी प्रतिनिधी जितेको दावी

logo
राजन कार्की।
प्रकाशित २०७२ माघ २३ शनिबार
13th-congress.png.png.png
जाजरकोट। नेपाली काँगे्रसको १३ औं महाधिवेसनका क्रममा शुक्रवार सम्पन्न क्षेत्रिय समिति तथा महाधिवेसन प्रतिनिधिहरुको निर्वाचनमा युवाको वर्चस्व देखिएको छ। गाउँ नगर तथा वडाको निर्वाचनवाट अघिल्लो पुस्तालाइ विस्थापित गर्दै आएका युवा प्रतिनिधीहरुले शुक्रवारको निर्वाचनमा युवालाइ नै चुनेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा शुक्रवार भएको निर्वाचन अन्तरगत  क्षेत्र नं १ को क्षेत्रिय सभापतिमा महेन्द्रवहादुर शाह, सचिवमा छवि पन्त र कोषाध्यक्षमा रतनकला गिरी निर्वाचित भएका छन्। त्यस्तै २ नम्वर क्षेत्रको  सभापतिमा कालीवहादुर खत्री सचिवमा नरेन्द्र शाही र कोषाध्यक्षमा शोभा शाही निर्वाचित भएका छन्। 
 
क्षेत्र नं १ बाट निर्वाचित सभापति सचिव र कोषाध्यक्ष ३० बर्ष भन्दा कम उमेरका हुन्। त्यस्तै क्षेत्र नं २ का सचिव र कोषाध्यक्ष ३५ बर्ष मुनीका निर्वाचित भएका छन्। त्यस्तै, महाधिवेसन प्रतिनिधिमा  क्षेत्र नं १ वाट  खुल्ला तर्फ सनतकुमार कार्की, वेदराज सिंह, मुक्ति आचार्य, विनवहादुर सिंह, कमल चन्द र दिपकजंग शाह निर्वाचित भएका छन् भने समावेसी कोटातर्फ महिलामा मैना कार्की रावल, चिन्ताकुमारी वाग्ले, जनजातितर्फ शसीराम वुढा, अल्पसंख्यकतर्फ यामवहादुर वस्नेत, दलिततर्फ मोहन विक निर्वाचित भएका छन्। त्यस्तै क्षेत्र नं २ मा खुल्ला तर्फ राजीवविक्रम शाह, इलमवहादुर शाही, खडकवहादुर वुढा, रत्नवहादुर अधिकारी, जनकवहादुर सिंह र रत्नवहादुर खड्का तथा समावेसी कोटा महिलातर्फ गीता शाही र सरस्वती रावत,  अल्पसंख्यकतर्फ जनक वादी, जनजातिमा जनक वुढा र दलिततर्फ धर्म नेपाली निर्वाचित भएका छन्। 
 
महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका मध्य आधा प्रतिनिधी ४० बर्ष भन्दा कम उमेरका रहेका छन्। त्यस्तै सोमवार हुने जिल्ला अधिवेशनमा पनि युवा आकाँक्षीहरु देखिएका छन्। महाधिवेशन प्रतिनिधीमा निर्वाचित युवा नेताहरु बेदराज सिह र ईलमबहादुर शाहीले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको छन्। अधिकाँश युवाहरुले सभापतिको उम्मेदार हुन आग्रह गरिरहेकोले युवाहरुको प्रतिनिधीत्व गर्ने गरी आफुले उम्मेदवारी दिने तयारी गरिरहेको इलमबहादुरले बताए। त्यस्तै सभापति पदका आकांक्षी वेदराज सिंहले पार्टीको संगठनलाइ गतिशील वनाउन र  दुई पुस्ताविचको समन्वय मिलाउन सभापतिमा दावी गर्न लागेको वताए। उनले युवा नेतृत्वको आवस्यकता सवैतिर देखिएकोले आफु नेतृत्वको दावी गर्न अघि सरेको वताए। सभापतिको पदमा पुर्व सभापति सनतक कुमार कार्की र निवर्तमान सभापति दिपकजंग शाहले पनि उम्मेदवारीको घोषणा गरिसकेका छन्। 
 
शुक्रवार निर्वाचित  २४ जना प्रतिनिधिहरु मध्य देउवा र कोइराला दुवै पक्षले आफनो पक्षमा वढी प्रतिनिधिहरु निर्वाचित भएको दावी गरिरहेका छन्। देउवा पक्षिय नेपाल विदयार्थी संघका पुर्व केन्द्रिय सदस्य रविन्द्र शाहले आफ्नो पक्षमा १४ जना महाधिवेशन प्रतिनिधी विजयी भएको दावी गरेका छन्। यद्यपी संस्थापन पक्षका महाधिवेशन प्रतिनिधी खडग बुढाले आफ्नो पक्षमा १४ भन्दा बढी प्रतिनिधी निर्वाचित भएको दावी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ