arrow

दोलखामा क्षेत्रिय सभापतिमा छवी लामा र जयराम श्रेष्ठ विजयी

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
congress.jpg.jpeg
दोलखा । नेपाली कांग्रेस दोलखाका क्षेत्रीय सभापतिमा भएको निर्वाचनमा क्षेत्र नम्वर एकमा छवि लामा र क्षेत्र नम्वर दुईमा जयराम श्रेष्ठ विजयी भएका हुन् ।
 
निर्वाचनमा क्षेत्र नम्वर एकको शुक्रबार जै क्षेत्रिय सभापति छवि लामाले सहित सबै कार्यसमिति र्निविरोध निर्वाचित भएका छन् । क्षेत्र नम्वर दुईमा भएको निर्वाचनमा जयराम श्रेष्ठले १२६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिदन्द्धी राकेश श्रेष्ठले ९६ मत,दावा लामाले ४४ मत र सन्तोष पाठक ४७ मत ल्याएका थिए । क्षेत्रीय कार्यसमितको अन्य पदाधिकारी भने सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्यसमिति सहित महाधिवेशन प्रतिनिधिका लागी शुक्रबार निर्वाचन भएपछि शनिबार मतगणना गरिएको हो ।
 
यसैगरी क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा महिलातर्फ विनिता काफ्ले अधिकारी, महिलातर्फ नै लिला गुरुङ,जनजातिबाट श्यामसुन्दर तामाङ, अल्पसङख्यकबाट केन्द्र बहादुर सुनुवा विजयी भएका हुन् ।यसैगरी खुल्लातर्फ जिपछिरिङ लामा,रुद्र बहादुर खड्का, कुन्दनराज काफ्ले, उद्धवराज काफ्ले, बर्मा लामा , र देवी न्यौपाने विजयी भएका हुन् ।
 
यसैगरी क्षेत्र नम्बर दुइबाट महाधिवेशन प्रतिनिधिमा महिलातर्फ गिता शिवाकोटी ,मोती मोक्तान,अल्पसङख्यकबाट गोपीलाल थामी,दलितबाट मोहन रिजाल, जनजातिबाट च्याङा शेर्पा विजयी भएका हुन् । यसैगरी खुल्लाबाट तारा बहादुर कोइराला, ईश्वर मानन्धर, बाबुकाजी बस्नेत,आङनिमा शेर्पा ,केशवराज चौलागाई र कुलराज थापा विजयी भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ