arrow

साउदीमा बिचल्लीमा परेका नेपालीलाई राहत

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
साउदी-अरब.jpg.jpeg
साउदी अरब । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि  साउदी अरबमा क्रियाशील नेपाली सङ्घसंंस्थाले खाद्यान्न सामग्री सहयाेग गरेको हुन् । तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बसेकाे समाचार अाए सगैं साउदीमा क्रियाशील नेपाली सङ्घसंस्थाले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् । 
 
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो । संस्थाले ८० केजी चामल, १७ केजी दाल, १० केजी आलु, १० केजी प्याज, छ लिटर तेललगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगस्वरुप थोरैमात्रामा भएपनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाइलीले बताए ।
 
यस्तै, साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमू धि नेपालले पनि पीडित नेपालीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० केजी चामल, १० केजी मासु, पाँच केजी दाल, १० केजी प्याज, नुन, तेल, तराकरी, पेय पदार्थलगायतका खाद्यान्न सामग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिए ।तलब नपाएर सयौँ नेपाली भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सामग्री सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङ्जाका जीवन पौडेलले बताउनुभयो । चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ