arrow

विदेशमा संकलन गरिएको रकम गाँउको विद्यालयलाई हस्तान्तरण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1689762937.jpeg
कौरव खत्री, गुल्मी। गुल्मीको एक ग्रामिण इलाकामा सञ्चालित माध्यमिक विद्यालयलाई विदेशमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। मुसिकोट गाविस वडा नं. ८ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई सकंलित नगद रु.४० हजार सहयोग रकम समाजसेवी दुर्गा बहादुर कार्कीले   विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरी प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको हो।
 
आफ्नो गाँउको विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले विद्यालयको शैक्षिक विकासको लागि सोही गाँउ विकास समिति वडा नं. ९ निवासी हाल रोजगारी सिलसिलामा स्टोनियामा कार्यरत दुर्गा बहादुर कार्कीको पहलमा स्टोनीयामा रहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरि गाँउको विद्यालयलाई रकम सहयोग गरिएको हाल स्टोनियामा रोजगारीमा कार्यरत बसन्त कार्कीले जानकारी दिनुभयो। 
 
विद्यालयका प्रधानाध्याक तेज बहादुर महतले रोजगारीको सिलसिलामा स्टोनीयामा रहेर पनि आफ्नो गाँउठाँउको विद्यालयलाई गरेको सहयोग प्रशंसनीय भएकोले सहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गदै सहयोग रकमले विद्यालयको शैक्षिक क्षेत्रमै खर्चने बताउनुभयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ