arrow

अपाङ्गता भएकाले खेले बास्केटबल

कार्यक्रममा ६० जनाले सहभागिता जनाएका थिए ।

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Basketball.jpg.jpeg
काठमाडौँ  । नेपाल स्पाइनल कर्ड इन्ज्योरी खेलकुद सङ्घले विश्व अपाङ्गता खेलकुद दिवसका अवसरमा आज आयोजना गरेको बास्केटबलमा अपाङ्गता भएका मानिसले धेरै दर्शकलाई आकर्षित गरे ।  पाँच पाँच जनाको समूह बनाएर स्थानीय सिफलचौरमा खेलाइएको उक्त कार्यक्रममा उनीहरुको एकापसमा भएको सौहार्दपूर्ण प्रतिस्पर्धा हेर्नलायकको थियो । कार्यक्रममा ६० जनाले सहभागिता जनाएका थिए । 

कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–७का प्रशासकीय अधिकृत कुमारी राईले मेरुदण्ड समस्या भएर ह्विल चियरमा जीवनयापन गर्न बाध्य मानिसहरुले अवसर पाएका खण्डमा खेलकुद, प्रशासन, शिक्षण लगायत कार्यमा सेवा गरी देश विकासमा लाग्न सक्ने बताईन् । 

सङ्घका अध्यक्ष गायत्री दाहालले अपाङ्गता खेलकुद दिवसका अवसरमा नेपालमा पनि यस किसिमको कार्यक्रम गरिएको र यस कार्यले उनीहरुप्रति समाजको दृष्टिकोण सकारात्मक हुने विश्वास व्यक्त गरिन् ।  सङ्घका संस्थापक अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका मानिसलाई सबैले राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिँदै अबका संरचना अपाङ्गतामैत्री बनाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ