arrow

पत्रकार भट्टराईको सङ्क्रमणकाल बजारमा

पुस्तकमा राजनितिक घट्नाक्रमको भित्री पाटोलाई उजागर समेत गरेको छ ।

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Sankraman.jpg.jpeg
काठमाडौ । १२ वुँदे सहमतिदेखि संविधान निर्माण हुँदै भारतिय नाकावन्दीसम्मका राजनितिक घट्नाक्रमलाई विस्तृत एवं व्याख्यात्मक रुपमा समावेश गरिएको पुस्तक ‘सङ्क्रमणकाल’ शनिबारबाट सार्वजनिक भएको छ ।  पत्रकार कमलदेव भट्टराईले लेखेको सो पुस्तकमा यस अवधीको राजनितिक घट्नाक्रमको भित्री पाटोलाई उजागर समेत गरेको छ । भारतमा १२ वुँदे सहमति कसरी गरियो, किन राजा र दलहरुको विचमा सहकार्य भयो, प्रतिनिधीसभाको घोषणापत्र किन जारी गरियो लगायतका घट्नाक्रमको भित्री पाटो खोतल्ने प्रयास लेखकले गरेका छन् । त्यसैगरी राजा ज्ञानेन्द्रले किन सत्ता त्याग गर्नुप¥यो ? राजा र दलहरुलाई मिलाउन शक्ति राष्ट्रहरुले के कस्तो जोडवल गरेका थिए ? लगायतका प्रश्नहरुको उत्तर समेत पुस्तकले दिने जमर्काे गरेको छ ।

काठमाण्डौ पोष्टका उपसम्पादक समेत रहेका भट्टराई भन्छन्, ‘पहिलो संविधान सभा भंग हुनुका कारण र पहिलो संविधान सभाबाट संविधान किन बन्न सकेन भन्ने विषयमा पनि पुस्तकमा विवरणहरु समेटिएका छन् ।’  राजनीति र पछिल्लो समय संविधानसभामा कलम चलाउने भट्टराईले थपे,‘संसदको रिपोर्टिङ्ग गर्दा विभिन्न सम्झौता र सहमतिका तिथि मितिमा समेत झुक्किने अवस्था आउँथ्यो । त्यसैले सबै घटनाको दस्ताबेजका रुपमा एउटा पुस्तकका आए पनि हुन्थ्यो जस्तो लागेको थियो । त्यसैका लागि यो पुस्तक तयार पारिएको हो ।’

उनका अनुसार १२ बुँदे सहमतिपछिका विभिन्न कालखण्डमा नेपाली राजनीतिले भोगेका उतारचढावहरु पुस्तकमा दस्ताबेजका रुपमा प्रस्तुत गरिएको छ ।  पुस्तकमा नेपालको इतिहासमा नै प्रधानन्याधिशको नेतृत्वमा सरकार गठन हुनुका पछाडी के के कारण थियो ? किन दलहरुको सरकार निर्माण हुन सकेन ? त्यसैगरी दोस्रो संविधान सभाबाट कसरी संविधान निर्माण कार्य सम्पन्न भयो तथा २०६४ मा सवैलाई चकित वनाएर पहिलो पार्टीको रुपमा स्थापित भएको माओवादी कमजोर हुनुको कारण, वावुराम भट्टराईको नयाँ सरकार लगायतका विवरणहरु समेटिएका छन । 

बुक–हिल पब्लिकेशनले बजारमा ल्याएको पुस्तकमा पछिल्लो भारतीय नाकाबन्दीका बारेमा समेत बिस्तृतमा उल्लेख छ ।  पुस्तकबारे कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा भन्छन, ‘संविधान सभा, शान्ति प्रकृया, गणतन्त्रको स्थापना र समग्र राष्ट्रिय राजनीतिको सेरोफेरोमा घुमेको संङ्क्रमणको राजनीतिक चक्र बुभ्mन यो पुस्तक उपयोगी छ ।’

त्यस्तै दी काठमाण्डौ पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायका अनुसार विगत १० वर्षका विभिन्न घटनाहरुको अभिलेखीकरण र व्याख्या विश्लेषणका रुपमा भट्टराईको पुस्तक सङ्क्रमणकाल आएको छ । २ सय ४० पृष्ठको पुस्तकको मुल्य ३ सय ५५ रुपैयाँ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ