arrow

एकै गाउँमा पाँच करोडको तरकारी

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Iceberg_lettuce_in_SB.jpg.jpeg
फलेवास (पर्वत) । यहाँको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं गाउँमा भित्र्याउने गरेका छन् । पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् । 
 
बीसवर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ । तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहाँको उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ । 
 
‘हाम्रो उत्पादन काठमाडौ सम्म पुग्थ्यो,’ स्थानीय अगुवा किसान नरबहादुर केसीले भन्नुभयो, ‘अहिले सहज ढुवानी नहुँदा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाडौ लगायतमा अहिले गोलभेंडाको मूल्य रु ६० भन्दामाथि भएर पनि आफूहरुले रु ३० मा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो । केसीले तरकारीबाट मात्रै वार्षिक रु १५ लाखदेखि रु १८ लाखसम्म आम्दानी गर्नुहुन्छ । सहज सवारी चल्दा यहा“का किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै निर्यात गर्दै आइरहेका थिए । 
 
तराई बन्द र नाकाबन्दीका कारण गोलभेंडा, मुला, काउलीलगायतका तरकारीको मूल्य सस्तिएपछि यहाँका अधिकांश किसान बीउ उत्पादनमा लागेका छन् । ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले भन्नुभयो, ‘‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो ।’’ गाउँका अधिकांश किसान अहिले धान, गहुँ,  गुणाबढी आम्दानी हुने भएपछि वडाभरि रहेका करिब ३०० घरपरिवार सबै तरकारीमा लागेका छन् । 
 
केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ । ‘दश वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भन्नुभयो, ‘‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ ।’’ म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आउनुभएका आचार्यले ६ वर्षअघि गाउ“मै फर्किएर तरकारीमा लाग्नु भएको हो । यहा“का सबै किसानलाई अरु सबै पेसा व्यवसाय भन्दा तरकारीबाटै राम्रो आम्दानी भएको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ