arrow

विज्ञापनविहिन बने आमिर खान

उनी एउटा विज्ञापनका लागि ५ देखि ७ करोड रुपैंयाँ लिन्थे ।

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
aamirendosment6.jpg.jpeg
मुम्बई । बलिउडमा कलाकारहरुको कमाई फिल्मको अभिनयसँगै विज्ञापनबाट पनि राम्रो हुने गरेको छ । गत वर्षसम्म विज्ञापनको काम गर्न भ्याई नभ्याई बलिउडका मिष्टर पर्फेक्टसनिष्ट आमिर खान यो वर्ष विज्ञापन विहिन बनेका छन् ।

गत वर्षको अप्रिल महिनामा आमिरको नाम विज्ञापनमा काम गर्दा लिने पारिश्रमिकको सूचीमा उच्च स्थानमा थियो । उनी एउटा विज्ञापनका लागि ५ देखि ७ करोड रुपैंयाँ लिन्थे । त्यो बेला उनीसँग विकल्पको कुनै पनि कमि थिएन । तर अहिले ठिक उल्टो भएको छ । अहिले सायद उनी बलिउडका एक मात्र खान हुन्, जोसँग साथमा कुनै पनि विज्ञापन छैन ।

केही समय अघि असहिष्णुताका बारेमा दिएको वक्तव्यले नै उनी विज्ञापनविहिन हुनुपरेको विश्लेषकहरुको बुझाई छ । यो बयान दिएपछि उनको सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो । हालैमात्र इकमर्स कम्पनी स्नेपडिलले आमिरसँगको कन्ट्रेट बढाउने कुरा अस्वीकार गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ