arrow

मृत अवस्थामा भेटिईन् गायिका शान

चेन्नाईमै कार्यरत शानको आफु बसेको ठाउँमा शव भेटिएको थियो ।

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
shanjohnson6.jpg.jpeg
मुम्बई । प्रख्यात मलयालम संगीतकार जोनसनकी गायिका एवं संगीत निर्देशक छोरी शान जोनसन चेन्नाईस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएकी छन् । पिता जोनसनको निधन अगष्ट २०११ मा भएको थियो । चेन्नाईमै कार्यरत शानको आफु बसेको ठाउँमा शव भेटिएको थियो । 

पुलिसका अनुसार उनकी आमा र केही आफन्त शानको फोन नउठेपछि उनको फ्ल्याटमा पुगेका थिए । जहाँ शान मृत अवस्थामा थिईन् ।  पुलिसका अनुसार २९ वर्षीया शान आफ्नो एक रेकर्डिङको काम सकेर फ्ल्याटमा आएकी थिईन् । शान कर्नाटक र पश्चिमी संगीतकी जानकार थिईन् । उनको पिता जोनसनको जोनसन मास्टरका रुपमा प्रसिद्धि प्राप्त भएको थियो । उनी मलयाली फिल्मको नामी संगीतकार थिए । उनको १८ अगष्ट २०११ मा निन भएको थियो । त्यसको एक वर्ष पछि छोरा रोनको पनि मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।

शानले पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेपछि दोस्रो विवाहको तयारीमा थिईन् । उनको फ्ल्याटबाट कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्यमा केही समस्या पनि थियो, जुन उनी उपचार गरिरहेकी थिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ