arrow

ताइवानमा भूकम्पबाट पाँचको मृत्यु, भवनमा च्यापिएका ३० को उद्धार जारी

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
SUB-TAIWAN-master675.jpg.jpeg
ताइपेई। ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको प्रारम्भिक समाचारमा जनाइएको छ । शनिबार बिहानीपख ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि पाँचको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 
 
प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ ।  शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
 
मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ । उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन । सो भकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 
शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन । प्रररम्भिक रुपमा गरिएको अनुमानबाट ठूलो जनधनको क्षति भएको बताइएको भएपनि विस्तृत विवरण भने आउन सकिरहेको छैन । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ