arrow

विगत विधानसभामा पराजित गान्धी परिवारले संसद गतिविधि हुन दिएनन्ः प्रम मोदी

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
नरेन्द्र-मोदी.jpg.jpeg
आसाम (भारत)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतको उत्तरपूर्वी राज्य आसाममा चिया मजदुरलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा) गरिब जनताको उत्थानका लागि नयाँ नीति ल्याएको बताए । 
 
गरिबका पक्षमा भएको विधेयक संसदबाट स्वीकृत गराउनका लागि पेस भएको तर उहाँले भारतीय राष्ट्रिय काँग्रेस (काँग्रेस आई) की अध्यक्ष सोनिया गान्धी तथा उनका छोरा राहुल गान्धीलाई सङ्केत गर्दै सन् २०१४ को भारतीय विधानसभामा भएको पराजयको बदला लिन एक परिवारले संसद गतिविधि सञ्चालनमा व्यवधान खडागरी उक्त विधेयकलाई संसदबाट पास गर्न नदिएको बताए ।भारतीय प्रधानमन्त्री मोदीले गान्धी परिवारलाई सङ्केत गर्दै भने यो एउटा परिवारले भारतमा नकारात्मक राजनीतिलाई प्रश्रय दिएको दाबी गरे ।काँग्रेस आई बाहेकका प्रतिपक्षी नेता संसद गतिविधि सञ्चालनमा अवरोध गर्न नहुने कुरामा अडिग भएको समेत उनले दाबी गरे । 
 
जसले सन् २०१४ को विधानसभा निर्वाचनमा ४०० सिटबाट ४० सिटमा झयो, उसैले वर्तमान सरकारलाई काम गर्न नदिएको प्रधानमन्त्री मोदीले दाबी गरे । देशलाई नकारात्मक चिन्तन र व्यवधानको राजनीतिबाट फाइदा नहुने दाबी गर्दै संसद अवरोध गर्ने कार्यक्रमले राष्ट्रलाई कानुन निर्माण र विकासमा समस्या खडा गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ