arrow

दक्षिण एसियाली खेलकुद ‘साग’ सुरु, महिला फुटबलमा नेपालको विजयी सुरुवात

बंगलादेश ३–० ले पराजित

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
nepali-women-fotball.jpg.jpeg
काठमाडौं । दक्षिण एसियाली खेलकुद ‘साग’को १२ औं संस्करण सुरु भएको छ । दक्षिण एसियाका आठ राष्ट्र सहभागि प्रतियोगिताको भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले शुक्रबार उद्घाटन गरे । गुवाहाटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री मोदीले औपचारिक उद्घाटन गरेका हुन् । 
 
सिलोङमा पहिलो दिन खेल भएको छ । यद्यपि, सिलोङमा खेलको विधिवत सुरुवात शनिबार हुने बताइएको छ । प्रतियोगितामा विभिन्न २३  खेलहरु समावेश छन् । नेपाल, भारत र श्रीलंकाले मात्र २३ वटै खेलमा भाग लिएका छन् । अन्य राष्ट्रले सबै १३ विधामा भाग नलिने भएका छन् । नेपालबाट ३ सय ८४ खेलाडीसहित ५ सय २२ सदस्यीय टोली सहभागि भएको छ । खेलकुदमन्त्री सत्यनारायण मण्डल टोली लिएर दुई दिन अघिनै गुवाहाटी पुगेका थिए । प्रतियोगिताका १६ खेल गुवाहाटी र सात खेल सिलोङमा हुनेछन् । 
 
महिलातर्फको फुटबलमा विजयी सुरुवात, बंगलादेशविरुद्ध ३–० को जित 

Nepal eves make winning start

शुक्रबार भएको महिलातर्फको फुटबलमा नेपाली टोलीले बंगलादेशलाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको छ । नेपालका लागि दीपा अधिकारी, अनु लामा र निरु थापाले एक–एक गोल गरे । नेपाल साग फुटबलको उप–विजेता टोली हो ।
 
समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ । राउण्ड रोविनका आधारमा संचालन खेलमा नेपालले अघिल्लो चरण प्रवेशको बाटो खुला गरेको छ । प्रतियोगिता सुरुवातको पहिलो दिन भलिबल र आर्चरीसमेत भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ