arrow

रसियाली हवाई आक्रमणमा एक्काइस जना सिरियाली नागरिकको मृत्यु

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Yemen.jpg.jpeg
बेरुत (लेबनान)। रसियाद्वारा जारी राखिएको सिरियामाथिको हवाई आक्रमणमा बिहीबार तीन बच्चासहित २१ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी सङ्गठनले जनाएको छ। रसियाले सिरियाली विद्रोहीको आश्रयस्थल मानिँदै आएको अलेप्पो सहर र वरपरका क्षेत्रमा व्यापक हवाई आक्रमण गर्दा २१ नागरिकको मृत्यु हुनाका साथै कैयौँ घाइते भएको बताइएको छ । 
 
आक्रमणबाट प्रभावित क्षेत्रबाट पूर्ण विवरण आउन अझै बाँकी रहेकाले मृतकको सङ्ख्या थप हुनसक्ने समेत उक्त संस्थाले बताएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ