arrow

यू–१९ क्वार्टरफाइनल : बंगलादेशसामु नेपालको २ सय १२ रनको चुनौती, रोक्ला नेपाल ?

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Nepal-VS-Bang-new.jpg.jpeg

काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरेको छ । शेर बंगला नेशनल स्टेडियम मिरपुरमा जारी क्वार्टरफाइनलमा  नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको छ । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो । बंगलादेश जवाफी गरिरहेको छ । टस जितेर पहिले व्याटिङ राजेको नेपालका लागि कप्तान राजु रिजालले ७२ रन बनाए । 

 यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसंग नेपालको दोस्रो भेट हो । सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा बंगलादेशलाई नेपालले २३ रनले हराएको थियो । न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो ।

त्यसअघि यसअघि सन् २००० मा पहिलो पटक यू–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरण पुगेको थियो । क्वार्टरफाइनलमा पराजित भएको नेपालले १५ वर्षपछी क्वार्टरफाइनल खेलेकाे हाे । यो खेलमा विजयी हुँदै नेपालले सेमिफाइनमा स्थान बनाउन सके समग्र नेपाली खेलकुदका लागि एक ऐतिहासिक उपलब्धी हुनेछ । त्यतिमात्र नभई सेमिफाइन यात्राले नेपालको आगामी विश्वकप सहभागिता सहज हुने छ । एशोसिएट राष्ट्रबाट क्वार्टरफाइनलमा पुगेका दुई टोली नेपाल र नामिविया मध्ये शीर्ष स्थानमा रहने टोली अर्को पटकको विश्वकपमा सोझै छनोट हुनेछ । नेपाल उक्त अवसर सदुपयोग गर्न नामिवियालाई पछार्न सक्नु पर्नेछ ।   

  • नेपालको इनिङ सकियो । ९ विकेटको क्षतिमा २ सय ११ रन । नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको छ । 12:23:32

  • प्रेम तामाङ चौका पिट्दै । २१ बलमा २० रन ।  12:14:31

  • नेपालको ८ विकेट पतन । दिपेन्द्र सिंह ऐरी २२ रन बनाउँदै आउट ।  12:12:26

  • नेपालको २ सय रन पुरा प्रेम तामाङ १४ र दिपेन्द्र ऐरी  २२ रन 12:11:34

  • चौकाको वर्षा । नेपालको २ सय रन क्रस ।  12:09:09

  • नेपाल अब आक्रमण खेल्नु पर्ने अवस्थामा 12:08:34

  • ४७ ओभरको खेल सकियो नेपाल १ सय ९४  रन बनाउदै ७ विकेट क्षतिको स्थितीमा 12:08:24

  • ४७ ओभरको खेल सकियो नेपाल १ सय ९४  रन बनाउदै ७ विकेट को स्थितीमा 12:06:43

  • नेपालले अहिले सम्म खेलेको २ सय ७० बलमा  १ सय ६२ बलमा कुनै रन बनाएको छैन 12:03:12

  • कुशल भुर्तेल १४ रनमा आउट भए ।  11:52:03

  • नेपालको ७ औं विकेत पतन ।  11:51:32

  • ४२ ओभरको खेल सकियो नेपाल नेपालले १ सय ७१ रन बनाउदै ६ विकेट गुमाएको छ। 11:50:42

  • आजको खेलमा नेपाल विरुद्द बङ्गलादेशका मोहमदशेफुद्दिनले २, हसम राना र एहम्मदशौनले समान १-१ विकेट लिएका छन् भने २ विकेट रन आउटको रुपमा लिएको छ। 11:43:20

  • नेपाल विकेट झर्नबाट जोगियो ।  11:36:16

  • नेपालमाथी बङ्गलादेशी खेलाडी हावि भएका छन्। केहि बेर अघि राजुको विकेट झरेबाट नेपालको खेलमा पकड कमजोर देखिएको छ। 11:35:25

  • कप्तान राजु रिजालले बनाएको ७२ रन नेपालका लागि यस विश्वकपमा सबै भन्दा धेरै रन हो भने यो प्रतियोगितामा कुनै पनि कप्तानले  बनाएको दोस्रो बढी हो। 11:26:06

  • नेपालको ६ विकेट पतन । दिपेन्द्र सिंह ऐरी आउट भए ।  11:24:08

  • ३५ ओभरको समाप्तीमा नेपाल ५ विकेट गुमाउदै १ सय ४९ रनको स्थितीमा 11:20:07

  • नेपालको छैटौं विकेटको लागि नयाँ व्याट्सम्यान दिपेन्द्र सिंह ऐरी आएका छन् । 11:16:34

  • ३४ ओभरमा १ सय ४६ रन । नेपालको पाँच विकेट पतन ।  11:15:42

  • नेपालको पाँचौ विकेट पतन । कप्तान राजु रिजाल आउट । नेपाललाई झट्का । सनसनी पूर्ण खेलमा कप्तान राजु रिजालले ७२ रन बनाए ।  11:13:52

  • कप्तान राजु रिजालको राम्रो प्रदर्शन उनले ७ चौका र १ छक्का को मद्दतमा ६६ रन बनाएका छन्। 11:11:23

  • नेपाली व्याटसम्यानहरु बिच राम्रो तालमेल ओभरको बिचमा स्ट्राइक परिवर्तन गर्दै रन निकाल्दै दबाव हटाउदै 11:01:59

  • नेपालले पहिले व्याटिङ गरेको खण्डमा कम्तिमा पनि २ सय ३० रन बढी बनाउन सके वा बङ्गलादेशले पहिले व्याटिङ गरे सोही स्कोरमा २३० रोक्न सके सेमिफाइनल यात्रा तय गर्न सक्ने छ । धमला र कप्तान रिजालले खेलमा आफ्नो पूर्ण कौशल देखाउने हो भने नेपालले बङ्गलादेशलाई कडा चुनौती दिनेछ ।  11:01:09

  • ३० ओभरको समाप्ती। यो ओभरमा नेपालले ११ रन बनायो। नेपाल १ सय २८ रन ४ विकेटको क्षतीमा 10:56:19

  • कप्तान राजु रिजालद्वारा चौका प्रहार। उनि ६६ बलको सामना गर्दै ५९ रन बनाएर क्रिजमा छन्। 10:54:27

  • बङ्गलादेशको फिल्डिङ्ग चुस्त रहेको छ। नेपाली ब्याटसम्यान दबाबमा 10:53:30

  • यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसंग नेपालको दोस्रो भेट हो । सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा बंगलादेशलाई नेपालले २३ रनले हराएको थियो । 10:51:20

  • २८ ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाउदै १ सय १५ रन जोडेको छ। 10:48:59

  • नेपालका लागि क्रिजमा नयाँ व्याटसम्यान राजविर सिहं आएका छन्। कप्तान राजु रिजाल उनलाई साथ दिदै 10:47:50

  • नेपाललाई चौथो झट्का आरिफ शेख २१ रनमा आउट 10:45:55

  • कप्तान राजु रिजालद्वारा अर्धशतक  10:45:08

  • सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनल विजय सम्झन लाहेक छ । नेपालका लागि विभत्सु थापाले अविजित ४१ रन बनाएका थिए । अलराण्ड प्रदर्शन गर्ने क्रममा बरदान चालिसेले नेपालका लागि २७ रन बनाए । म्यान अफ द म्याच भएका उनले बंगलादेशको व्याटिङ ध्वस्त पार्न ४ विकेट चट्काए । टोलीको जितका लागि १७ रनको योगदान गरेका कप्तान विनोद दासले २ विकेट लिए । रोचक त के भने, दासले शून्यमा आउट गरेका बंगलादेशी ब्याट्सम्यान मोहम्मद अस्रफुल अहिले बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दछन् । दासको बलिङमा अस्रफुल आउट भए, भने अस्रफुलकै बलिङमा दास अली अर्मानबाट क्याच आउट भए । 09:52:33

  • न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो । 09:52:22

  • नाफिज इक्वाल बंगलादेशको कप्तान थिए । उक्त खेलको अर्को रोचक संयोग दुबै खेलका कप्तानले समान १७–१७ रन बनाए । नेपालका लागि तत्कालिन ओपनर थिए कनिस्क चौगाई । चौगाईले उक्त प्रदर्शनमा १४ रन मात्रै बनाए पनि यू –१९ विश्वकपमा नेपालका लागि सर्वा्धिक रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए । उनले ५ सय रन पार  गरेका थिए । उनी हाल नेपाली टोलीमा छैनन् । नेपाली खेल कौशललाई देश बाहिर बसेर हेरिरहेका छन् । 09:52:04

  • विडम्पना नेपाल सोही प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बावेसंग एक सय ३७ रनले पराजित हुँदै प्लेट च्याम्पियन हुन सकेन । त्यसअघि नेपाल सन् २००० मा न्यूजिल्याण्डलाई हराएर पहिलो पटक प्लेट च्याम्पियन बनेको थियो । यसपटक, नेपाल १५ वर्षपछि दोस्रो चरण पुगेको छ । उमेर समूहमा बलियो देखिएको नेपाल बंगलादेशविरुद्ध जित निकाल्ने धेरैको अपेक्षा छ । यद्यपि, जित यकिन गर्ने आधार खेलाडीकै हातमा हुने छ । 09:51:39

  •  धमलाको ४६ बलमा १५ रन । नेपाललाई अतिरिक्त ८ रन । 09:46:20

  • राजुले व्याटिङ सम्हाल्दै । २१ बलबा १ छक्का र २ चौकाको मद्दतमा २० रन 09:44:55

  • १३ ओभरमा नेपालको ५० रन पुरा । 09:43:21

  • सन् २००२ मा न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । विडम्पना नेपाल सोही प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बावेसंग एक सय ३७ रनले पराजित हुँदै प्लेट च्याम्पियन हुन सकेन । त्यसअघि नेपाल सन् २००० मा न्यूजिल्याण्डलाई हराएर पहिलो पटक प्लेट च्याम्पियन बनेको थियो । १५ वर्ष पछी क्वार्टरफाइन खेलिरहेको नेपालले सेमिफाइन यात्रा तय गर्न सके सन् २००० र २००२ को उपलब्धीलाई रक्षा गर्दै नयाँ इतिहास रच्ने छ । 09:36:42

  • ९ ओभर मा २९ रन । सनील ३१ बलमा १० रन । राजु ९ बलमा ८ रन 09:27:02

  • ८ ओभर ३ बलमा खेल्दा २५ रन । २ विकेट पतन 09:25:36

  • कप्तान राजु रिजाल क्रिजमा । पहिलो बलमै चौका प्रहार 09:19:43

  • नेपालको दोस्रो विकेट पतन । योगन्द्र सिंह कार्की १ रनमै आउट भए । 09:19:03

  • नेपालको १ विकेट पतन ।  १ चौका प्रहार गरी ७ रन जोडेका सन्दिप सुनार आउट । 09:15:18



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ