arrow

असी लाख पाठ्यपुस्तक छाप्न बाँकी

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
books.jpg.jpeg
काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्नेमध्ये कक्षा ६ देखि १० सम्ममा ८० लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी रहेको छ । सो तहका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म ६२ लाख थान मुद्रण गरेको छ । केन्द्रसँग २० लाख थान पाठ्यपुस्तक सञ्चित छ । नयाँ शैक्षिक सत्र वैशाखमा प्रारम्भ हुन्छ । 
 
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारको तत्कालीन सुधारको कार्यक्रममा शैक्षिक सत्रको दुई साताभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उल्लेख भएअनुसार काम भइरहेको बताउनुभयो । सो कार्यक्रमको प्रगति विवरण माग्दै मुख्यसचिव डा सोमलाल सुवेदीले मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई केही दिनअघि निर्देशन दिनुभएपछि मन्त्रालयले केन्द्रलाई समयमा काम सक्न दबाब दिएको छ । 
 
कर्णाली अञ्चल र हिमाली जिल्लामा भने फागुनको पहिलो सातादेखि नै शैक्षिक सत्र सुरु हुने भएकाले सो समयमा पुस्तक पुग्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ