arrow

सलमान जस्तो यार खोज्दै सोनिका(भिडियो)

निर्देशक दशरथ गिरीको निर्देशन रहेको भिडियोमा सोनिका, नरेशवीर सिंह र सविन श्रेष्ठले फिचरिङ गरेका छन् ।

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Sonika.jpg.jpeg
काठमाडौं । गायिका सोनिका लामाले आफ्नो चौथो एल्बम ‘सोनिका’मा रहेको ‘सलमानको जस्तै यार चाहियो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोक गायक तथा सञ्चारकर्मी मनोहरि थापाले भिडियो सार्वजनिक गरेका हुन् ।

निर्देशक दशरथ गिरीको निर्देशन रहेको भिडियोमा  सोनिका, नरेशवीर सिंह र सविन श्रेष्ठले फिचरिङ गरेका छन् । गीतमा केदार नेपालीको संगीत र शब्द रहेको छ । भिडियोमा रामेशवर कार्कीको छायांकन र निर्देशक दशरथकै सम्पादन छ ।

सोनिकाले यसअघि ‘बेसहारा’, ‘कस्तो यो जीवन’ र ‘सोनिकाको जवानी’ नामका एल्बम बजारमा ल्याईसकेकी छन् । कार्यक्रममा विशेष अतिथि थापाले गायिकाको मुस्कानजस्तै गीत पनि राम्रो भएकाले भिडियोलाई दर्शकले रुचाउने भन्दै शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ