arrow

नलसिंहगढ जलविद्युत आयोजनाको परामर्शदाता छनौटमै भ्रष्टाचार भएको दावी

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
narasihagad.JPG.jpeg
काठमाडौ । पब्लिक एलाएन्स फर एन्टीकरप्सन नामक सस्थाले राष्ट्रिय गौरबको रुपमा रहेको नलसिंहगढ जलविद्युत आयोजनाको परामर्शदाता छनौटमै करोडौ भ्रष्टाचार भएको दावी गरेको छ ।  सस्थाले आयोजनाको प्रमुख मोतीबहादुर कुँवर र परामर्शदातामा लडेको स्मेक एमडब्लुएच र उदय कन्सल्टेन्सीका स्थानीय एजेण्टहरुको मिलेमतोमा भ्रष्टाचार भएको दावी गरेको हो ।
 
पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष हरिहर भट्टराईले परामर्शदाता छनौटको प्रस्ताव २५ सेप्टेम्बरमा खोल्नु पर्नेमा प्रस्तावको प्राविधिक मुल्याङकनमा गढबढी गरी डिसेम्बर २१ मात्र खोलेर करोडौ भ्रष्टाचार हुने गरी स्मेकलाई दिईएको आरोप लगाए । उनले परामर्शदाता छनौटमा प्राविधिक मुल्याङकन गर्दा २०० मिटर उचाईको ड्याम बनाएको भए १ दशमलब ५ नम्बर दिने भनिएकोभा एएफ स्विटजरल्याण्डले चीन, टर्की र होण्डुरसमा त्यस्तो ड्याम बनाएको भए पनि उसलाई शुन्य दशमलब ९ नम्बरमात्र दिईएको, प्रस्तावकले यसअघि ५०० मेगावाटसम्मको काम गरेको भएका शुन्य दशमलब पाँच अंक दिनु पर्ने प्रावधान राखिएकोमा एएफको दुई वटा प्रोजेक्ट लिनु पर्नेमा एउटामात्रै लिई ८५० मेघावाटको मात्र मुल्याङकन गरी शुन्य दशमलब २५ नम्बर मात्र दिईएकोले पनि भ्रष्टाचार भएको खुलेको बताए ।
 
त्यसैगरी ड्याम हाईटको अर्को शिर्षक र टनेल लेन्थमा पनि क्रमस एएफलाई  शुन्य दशमलब ३५ र शुन्य दशमलब २५ नम्बर नियतबस कम दिइएकोले भन्दै भट्टराईंले आर्थिक रुपमा पनि कम रहेको ८६ करोड  लाख ६६ हजार २ सय 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ