arrow

“सुबिसु क्यान ईन्फोटेक २०१६

logo
प्रकाशित २०७२ माघ २० बुधबार
काठमाडौं। सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला  “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” आज सम्पन्न भएको छ। कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित मेलाको समुद्धघाटन   प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। मेला माघ १५ गते देखि २० गते सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप  काठमाण्डौंमा चलेको थियो।
 
प्रदर्शनीको अन्तिम दिन ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेको क्यान महासंघले जनाएको छ। यस वर्षको इन्फोटेकमा कुल ३ लाख ६३ हजार ४ सय ५६ अवलोकनकर्ताहरुले मेला  अवलोकन गरेका छन्।
 
सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको उपस्थिती रहेको क्यानमा अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको क्यान महासचिव विश्वराम बलामीले बताएका छन्  । 
 
इ–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्‍याउने क्यानले विश्वास लिएको छ । “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा विभिन्न कम्पनिहरुले क्यान विशेष अफर ल्याएका थिए ।
 
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यका साथ क्यानले माघ १८ र १९ गते  “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” सम्मेलन गरेको थियो ।  
 
आइसीटी सम्मेलन  क्यान महासंघ र ईन्टरनेट सोसाईटी नेपालले संयुक्त सहकार्यमा भएको हो ।  सम्मेलनमा क्रिटिकल इन्फ्रास्टक्चर एण्ड प्रोटेक्सन , कमव्याटिङ्ग साइवर सेक्युरिटि इन्सिडेन्स इन नेपाल , सेक्युरिटी अफ ई इनेवल सर्भीसेस एण्ड एप्लिकेसन , सर्भीलियन्स एण्ड प्राइभेसी विषयहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गरेका थिए   ।
 
कन्फेरेन्सको  अवसरमा साइवर सेक्युरिटि इन्सिडेन्स इन साउथ एसिया एण्ड डेभलोपिङ्ग रिजनल कोलाब्रेसन  मा सार्क स्तरीय र  साइवर एट्याक इन फाइनानसीयल इन्फ्रास्टक्चर इन नेपाल  विषयमा प्यानल डिस्कसन भएको  क्यान महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ