arrow

टेलिफोन पटक पटक बिग्रँदा ग्राहक मर्कामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
471432308.jpeg
काठमाडौँ। मोबाइलको बढ्दो प्रयोगसँगै कम उपयोग हुन थालेको ल्यान्डलाइन फोन बिग्रने क्रम बढेपछि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिकाका स्थानीयवासी पीडित बनेका छन् ।
 
भूकम्पपछि मोबाइलको टावर राखिएका घरधनीले टावर निकालिदिएपछि काठमाडौँकै कुनाकाप्चामा मोबाइलको नेटवर्क नआउने समस्याबाट पनि ग्राहक पीडित हुने गरेका छन् ।
 
नेपाल टेलिकमको लाइन फोनमा पनि समस्या आउने र मोबाइलमा समेत नेटवर्क नहुने गरेकाले दैनिक जीवनको अभिन्न अङ्ग बन्न पुगेको सञ्चार सम्पर्कबाट वञ्चित हुनुपरेको स्थानीय श्याम कारञ्जितको गुनासो छ ।
 
“भूकम्प गएको छ महिना बितिसक्दासमेत नेपाल टेलिकमले मोबाइल नेटवर्क सञ्चालन गर्न सकेन, घरमा जोडिएको लाइन फोन पनि पटक पटक नआउने समस्याले अप्ठ्यारोमा परेका छौँ, मोबाइलमा नेटवर्क नभएका बेलामा काम लाग्छ भनी लाइन फोन नहटाए पनि चाहिएका समयमा सेवा पाउन सकिएन” – उहाँले भन्नुभयो ।
 
गोकर्णेश्वर नगरपालिकाको गोकर्ण मन्दिरभन्दा माथिका ११ वटा वडाका लाइन फोनमा पटक पटक समस्या आउँदा पनि नेपाल टेलिकम जोरपाटी एक्सचेञ्जले वास्ता नगरेको अर्का ग्राहक ज्ञानेन्द्र भन्डारीले बताउनुभयो ।
 
एक्सचेञ्जका कार्यालय प्रमुख हरिकृष्ण पुडासैनी खानेपानीको पाइप हाल्ने क्रममा गोकर्णमा लाइन फोनको फाइबर काटिएकाले बेलाबेलामा समस्या आउने गरेको स्वीकार्नुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ