arrow

दिउँसै अन्तरिक्षको अवलोकन

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
अन्तरिक्ष.jpg.jpeg
काठमाडौं। अत्याधुनिक प्रविधि सहितको मोबाइल प्लानेटोरियमको माध्यमबाट काठमाडौं उपत्यकाका विद्यार्थीले डोममा अन्तरिक्षको अवलोकन गर्न पाउने भएका छन् । 
 
इज्मा मिडिया एन्ड मेनेजमेन्टले नेपालमा पहिलो पटक भित्र्याएको प्रविधिबाट विद्यार्थीले अन्तरिक्षको प्रत्यक्ष अवलोकन गर्न पाउने भएका हुन् । जमिनमै बसेर आकाशका तारा दिउँसै हेर्ने प्रविधि नेपालमै पहिलो भएको इज्माका प्रबन्ध निर्देशक सन्तुष्ट अधिकारी बताए ।इज्माले काठमाडौँको कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा आज त्यसको पहिलो प्रदर्शनी गरेको छ । प्रदर्शनीमा एक हजारभन्दा बढी विद्यार्थीले डोमबाट अन्तरिक्षबारे जानकारी हासिल गरेका छन् । 
 
पन्ध्र वर्षीय दृष्टिविहीन विद्यार्थी मधुसूदन घिमिरेले आफूले यस्तो अवसर पहिलो पटक पाएको र डोमभित्र बस्दा आफू चन्द्रमामै पुगेको अनुभूति भएको बताए । अर्का विद्यार्थी वरुण श्रेष्ठले प्रदर्शनीमा सहभागी भएपछि आफूलाई पनि खगोलविद् हुने रहर जागेको अनुभूति सुनाए । कक्षा ९ की शुभेच्छा जोशीले पनि आफ्नो सानैदेखि खगोलशास्त्र अध्ययन गर्ने रुचि भएकाले खगोलविद् हुने चाहनालाई प्रदर्शनीले थप बल पुयाएको बताइन् । 
 
ल्याबोरेटरी माविका प्रअ प्रलाक्पा शेर्पाले प्रदर्शनीबाट विद्यार्थीले उपयोगी ज्ञान हासिल गर्न सकेको जिकिर गर्नुभयो । कार्यक्रममा सहभागी शिक्षा र स्वास्थ्य मन्त्रालय तथा शिक्षासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले यस्तो प्रदर्शनी देशैभरि सञ्चालन हुनुपर्नेमा जोड दिए । सो अवसरमा विज्ञान प्रदर्शनीका अलावा विभिन्न रोगबारे जानकारी, स्वास्थ्य परीक्षण तथा औषधिको प्रयोगबारे पनि सचतेनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । 
 
इज्माका निर्देशक नीरज अर्यालका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयबाट आएको माग अनुरुप आगामी महिना उपत्यकाका विभिन्न विद्यालयमा प्रदर्शनी सञ्चालन गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ