arrow

१६ औ सुबिसु क्यान आइसीटी सम्मेलन सुरु

आज ६३ हजार ३ सय १८ जनाद्वारा इन्फोटेक अवलोकन

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
ICT-confress.JPG.jpeg
काठमाडौ ।  कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षाः आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गरेका छन्  ।
 
सम्मेलनको उद्घाटन गर्दै  मन्त्री राईले प्रविधिको विकाससँगै विकृती पनि मौलाएकाले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने वताए  । साथै राईले बिश्वकै समस्याका रुपमा रहेको साइवर सेक्यूरिटी नेपालका लागि पनि टाउको दुखाईको विषय भएको र त्यसको समाधानका लागि सरोकारवाला निकायहरुसँग सहकार्य गरी सरकार अघि बढ्ने वताए  । “साइवर सेक्यूरिटी र चूनौतीहरुको सामना गर्न क्यान महासंघ लगायत सरोकारवालाहरुसँग समन्वय गरी सरकारले ठोस पहल गर्नेछ ।” राईले बताए ।
 
प्रविधिको विकास र साइवर सेक्यूरिटीका लागि सरकारले ब्रोडब्याण्ड नीति, आइसिटी नीति बनाई सकेको जानकारी दिदै मन्त्री राईले आर्थिक समृद्धिको यात्रामा सूचना प्रविधिलाई जोड्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा सूचना तथा प्रविधिको विकासका लागि सहर बजारमा मात्रै केन्द्रित नभै ग्रामिन क्षेत्रमा पनि पूर्वाधार विकास र विस्तार गर्नुपर्ने धारणा राखे  । 
 
कार्यक्रममा सुविसु केवलनेटका अध्यक्ष सुधिर पराजुलीले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गर्दै साइवर सुरक्षाका लागि सवै मिलेर अघि बढ्नुपर्ने वताए  । त्यस्तै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले नेपालमा साइवर सुरक्षाका लागि सरोकारवाला सवैसँग एकसाथ अन्तक्रिया गर्न सम्मेलन आयोजना गरिएको र यसले रणनीति निर्माणमा टेवा पुग्ने बिश्वास व्यक्त गरे । १२० जना भन्दा बढी सहभागि सम्मेलनमा इन्टरनेट कर्पोरेशन फर एसाइन नेम्स एण्ड नम्वरर्स (आइक्यान) का डा. रिचार्ड ल्याम्ब प्रमुख वक्ताका रुपमा रहेका थिए ।
 
सम्मेलनको पहिलो दिनको सत्रमा ‘क्रिटिकल इन्फ्रास्ट्रक्चर एण्ड प्रोटेक्टसन’विषयमा विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए  । दोश्रो सत्रमा ‘कमव्याटिङ्ग साइवर सेक्युरिटि इन्सिडेन्स इन नेपाल’ विषयमा विषयविज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरे त्यस्तै  दोश्रो सत्रको समापनसँगै 'साइवर सेक्युरिटि इन्सिडेन्स इन साउथ एसिया एण्ड डेभलोपिङ्ग रिजनल कोलाब्रेसन'  विषयक प्यानल डिस्कसन समेत गरिएको छ । जसमा नेपालसहित, भारत, श्रीलंका र बंगलादेशका विषयविज्ञहरु सहभागि थिए ।
 
सम्मेलनमा सहभागि र विषयविज्ञहरु बीच नेपालमा साइवर सेक्यूरिटी समस्या, चुनौती र समाधानका उपायहरुका बारेमा अन्तक्र्रियात्मक छलफल भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले आयोजित “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” भोलिसम्म संचालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ